दमक,२२ भदौ । दमक जेसीजको आजदेखि जेसीज सप्ताह–२०७७ शुरु भएको छ । दमक जेसीज ४० औ स्थापना दिवससहित आफनो सप्ताह कार्यक्रम औपचारिक रुपमा शुरु गरिएको हो ।
जेसीज सप्ताहका अवसरमा आजदेखि भदौ २४ गतेसम्म कोभिड संक्रमणका कारण सामाजिक दुरी कायम गरि विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाउन लागिएको अध्यक्ष कमल कटुवालले वताए ।
उनका अनुसार जेसीज सप्ताहको पहिलो दिन आज जेसीज सचिवालयमा उद्घाटनसहित स्थापना दिवस गरिनुका साथै जेसीज सदस्यहरुलाई नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण समेत प्रदान गरिएको थियो ।
यसैगरि भदौ २३ गते मंगलवार भने विहान ११ वजे दमक उद्योग वाणिजय संघको सभाहलमा कोभिड १९ सम्बन्धी जनचेतनामूलक अन्तरकृया, ३ वजे नगरपालिकालाई कोरोना परीक्षणका लागि चाहिने भिटिएम कीट हस्तान्तरण गरिने कार्यक्रम रहेको महासचिव सञ्जिव वरालले वताएका छन् । त्यस्तै भदौ २४ गते विहान ११ वजे निर्माणधिन जेसीज तालिम केन्द्रमा स्वास्थ्य सामाग्रीहरु वितरण र ३ वजे जेसीज सचिवालयमा जेसीज सप्ताहको समापन तथा प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको महासचिव वरालले जनाएका छन् ।
जेसीज सप्ताह कार्यक्रम सम्पन्न गर्न नवराज उप्रेती (अनिश ) मूल कार्यक्रम संयोजक रहेको एक उपसमिति गठन गरिएको छ ।हरेक बर्ष जेसीजले विभिन्न सामाजिक गतिविधिहरु गरि सप्ताह कार्यक्रम सञ्चालन गरिआएको पूर्व अध्यक्ष चन्द्र खत्रीले वताए ।