शिवसताक्षी १, धरमपूर बजार स्थीत साथी बहुउदेश्य सहकारी संस्था लि.ले आज तेस्रो वार्षिक साधरण सभा सपन्न गरेको छ ।
संचालक समिति अध्यक्ष दिल बहादुर लिम्बुको अध्यक्षता, शिवसताक्षी वडा नं १ का अध्यक्ष लक्ष्मी प्रसाद चेम्जोङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
संचालक समिति अध्यक्ष्य लिम्बुले प्रतिवेदन पेश गर्दै यस आर्थिक वर्षमा ५०.१८ प्रतिशत शेयर बृद्धि,१३.३५ प्रतिसत सदस्य बृद्धि,७१.४० प्रतिसत बचत बृद्धि,९६.८० प्रतिसत कर्जा बृद्धि, २०२.६३ प्रतिसत नाफा बृद्धि र ६९.२९ प्रतिसत वासलात बृद्धि भएको जनाएका थिए ।
कार्यक्रमको अवसरमा उत्कृष्ट वचत तर्फ भिम प्रसाद सेर्मा र विनोद अग्रवाल साथै उत्कृष्ट बचत तर्फ चतुरमान साम्पाङ राई र सबिना खेवा लाई प्रसंशा पत्र र नगद सहित सम्मान गरिएको थियो ।
प्रमुख अतिथि चेम्जोङले शुभकामना मन्तव्यका क्रममा सहकारी क्षेत्रमा विभिन्न किसिमका कठिनाई र चुनौती आएको भएता पनि यस संस्थाले अत्यन्तै विश्वसनिय तरिकाले सेवा प्रदान गर्दै प्रगती गरेकामा खुशी व्यक्त गरेका थिए ।
कार्यक्रम संस्थाको सचिव प्रतिमा राईले संचालनमा सम्पन्न भएको थियो ।