मङ्गलबार, ०६ चैत, २०८० 

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको हो ।

विभिन्न क्षेत्रमा रहेर सामाजिक कार्य तथा व्यवसाय गर्दै आएका युवाहरुको सहकार्यमा स्टोर संचालनमा ल्याइएको बताइएको छ । ओत प्रिटिङ प्रेसका संचालक निङवाहाङ थेवे, मुन्धुमी गीतकार तथा म्यूजिक भिडियो निर्देशक आन्छुमे नसान र कलाकार तथा सामाजिक व्यक्तित्व मिलन लावतीकोे सहकार्यमा स्टोर संचालनमा ल्याएको संचालक नसानले जानकारी दिएका छन् ।

स्टोरमा माङसेवा गर्नलाई आवश्यक सामग्रीहरु – सुम्नीसा, साम्योनिसा, साम्जीक मुन्धुमका पूस्तकहरु, महागूरु फाल्गुनन्द र वर्तमान गुरु आत्मनन्द, गूरु आमा पवित्र हाङमा तस्बीर अंकित माला, किरीङ लगायत विभिन्न माङसेवा गर्दा आवश्यक सबै किसिमका सामग्री उपलब्ध रहेका छन् ।

आफुले सेवापुजा गर्दा सामग्री जुटाउन चारतिर दौडिनु पर्ने झन्झटबाट अरु भक्तजनहरुलाई मुक्त गराउँन र किरात धर्म दर्शनको प्रबद्र्धन गर्न उदेश्यले स्टोर संचालन गरिएको संचालक मिलन लावतीको भनाई छ ।

आगामी दिनमा किरात धर्म सम्बन्धी धार्मिक तिर्थस्थलहरु गुरु आश्रम, फुलुङ्गीको अगौटेबारी, सिलौटी जस्ता स्थानहरुलाई समेटेर प्याकेजमा ट्राभल एजेन्सी समेत संचालन गर्ने उदेश्य रहेको संचालक आन्छुमे नसानले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि आचारसंहिता कार्यान्वयनमा जोड

बिर्तामोड, बैशाख ५। शान्तिपूर्ण, निष्पक्ष र उत्साहजनक सहभागितामा निर्वाचन सम्पन्न गर्न मतदाता शिक्षा र आचारसंहिताको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा सोमबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखा र संवाद...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।