सोमबार, ०५ चैत, २०८० 

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ ।

नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु ।

तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ?

राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष जति भयो ।

चलचित्र निर्देशकका रुपमा चिनिनु भएको तपाई राजनीतिमा लाग्नुको कारण ?

राजनीति र चलचित्र क्षेत्रगत हिसाबले फरक भएता पनि उदेश्य एउटै हो । चलचित्र क्षेत्रको उदेश्य पनि परोक्ष रुपमा समाजमा रहेका कुरिती, कुसंस्कार र वेथितिलाई हटाएर समाजलाई सही मार्गमा डोर्याउँने नै हो । राजनीति क्षेत्रले पनि समाजलाई सही मार्गमा डोर्याउँने नै भएकाले काम एउटै भएकाले पनि म राजनीतिमा केही गर्ने सोच बोकेर सक्रिय रुपमा यस क्षेत्रमा लागेको हुँ ।

जनप्रतिनिधिहरुको पहिलो कार्यकाललाई कसरी मुल्याङकन गर्नु हुन्छ ?

नेपालको सन्दर्भमा एउटा पार्टीले अर्को पार्टीलाई जति नै राम्रो काम गरे पनि जस दिने संस्कारको विकास भएको छैन । तर म राजनीतिकर्मी कम, चलचित्रकर्मी बढी भएको ले निष्पक्ष विश्लेषण गरेर भन्छु – यो जनप्रतिनिधिहरुले जति गर्नु पर्ने त्यति गरेको पाईन । वडाध्यक्ष भनेको वडाबासी डे टु डे प्रतक्ष्य सरोकार राख्ने भएकोले वडामा भएका समस्यालाई नयूनिकरण गर्ने, जनताहरुलाई शिक्षा, स्वास्थ्य, विकासका कुरा, चेतनाका कुरामा ५ वर्षको अवधीमा जुन गतिमा फड्को मार्नुपर्ने त्यस गतिमा प्रगति हुन सकेन । वडाध्यक्षले नगरको सिलिङ वजेट वार्षिक ४० लाख हुन्छ त्यसैमा निर्भर रहेर काम गर्नु भयो । प्रदेश सरकार र केन्द्र सरकारसँग कुनै योजनाको पहल गर्नु भएन । आजको यूगमा वार्षिक ४० लाखले के गर्न सकिन्छ र? तसर्थ पहिलो कार्यकालका प्रतिनिधिले जति काम गर्नुपर्ने त्यतिका गर्नु भएन, चाहनु भएन या सक्नु भएन भन्ने नै लाग्छ मलाई ।

तपाई वडाध्यक्षमा विजयी हुनुभयो भने के गर्ने योजना छ ?

मेरो दृष्टिकोण के छ भने– कुनैपनि घरको घरमूली सक्षम छन् भने त्यो घर राम्ररी चल्छ । हरकुरामा जस्तो आर्थिक, शैक्षिक या व्यवहारिक रुपले त्यो घर राम्ररी चल्छ । त्यसरी नै वडाध्यक्ष पनि वडाको मूली हुन् । तसर्थ वडामा गईसकेपछि बडाबासीको समस्याहरुलाई सम्बोधन गर्छ । वडाका विकासहरु अगाडी बढाउँछु । वडामा गई सकेपछि पहिलो म वहुवर्षे योजना निर्माण गर्छु । पाँच वर्षमा गर्न सकिने, जनतासँग प्रत्यक्ष जोडिने आवश्यकत्ताहरु सम्बोधन गर्ने किसिमका ठूला योजनाहरु तयार गर्छु । अर्को जनताका दैनिक जीवनका आईपर्ने साना–तिना समस्या अथवा स्थानिय सरकारले दिने सेवाहरु अत्यन्तै सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउँछ ।

तपाईलाई यहाँका जनताले किन भोट दिने ?

मैले अघिल्लो कार्यकालमा पनि वडाध्यक्षमा उठे र हारेता पनि यसै क्षेत्रमा रहेर विकास निर्माणका कार्य सम्पन्न गरेको छु । जस्तै २० करोडको खाने पानी योजना, ५ करोडमा कमल खोलामा झोलुङगे पुल लगायत विभिन्न सामुदायिक भवनहरु निमार्ण कार्यका योजनाहरु पूरा गरेको छु । यस पटक हरेक युवाका लागि रोजगारी सिर्जना गर्ने उदेश्य छ । साक्षर युवा, निराक्षर युवा एकल महिला सबैका लागि रोजगार सिर्जना गर्ने योजना मसँग भएकाले त्यो सपना साकार पार्नको लागि मलाई भोट दिएर विजय गराउँन अनुरोध गर्दछु ।

दुर्गा नेम्बाङको योगदानहरु

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि आचारसंहिता कार्यान्वयनमा जोड

बिर्तामोड, बैशाख ५। शान्तिपूर्ण, निष्पक्ष र उत्साहजनक सहभागितामा निर्वाचन सम्पन्न गर्न मतदाता शिक्षा र आचारसंहिताको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा सोमबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखा र संवाद...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।