सोमबार, ०५ चैत, २०८० 

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ


लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी दिएका छन् । ३० वर्षपछि उनी किन फेरि वडाको नेतृत्व गर्न चाहन्छन् त ? प्रस्तुत छ समदर्शी सञ्चार अनलाईन पत्रिकाले उनीसँग गरेको कुराकानीः–

पून तेस्रो पटक वडाको नेतृत्व गर्ने सोच कसरी आयो ?
– पहिलो कारण वडाबासीको अनुरोध हो । सायद मेरो १० वर्षको योगदानको मुल्यांकन गरेर होला वडाबासीले मलाई सम्मान स्वरुप वडाध्यक्षमा आउन अनुरोध गर्नु भयो । दोस्रो कारण मलाई पनि आफ्नो वडाको विकासका लागि फेरि नेतृत्वमा आउन प्रेरित भएको हुँ ।

आफ्नो २ कार्यकाललाई कसरी आत्मसमिक्षा गर्नुहुन्छ ?
– सायद वडाबासीलाई दुःख दिइन रहेछु । कँिहबाट आलेचना आएको छैन । सिङ्गो वडाबासीको अभिभावक भुमिका निर्वाह गरेको छु । अनाथ÷ असाहाय जनतालाई विभिन्न अस्तालमा लगेर उपचार गरेको छु । तत्कालिन अवस्थाको समय सापेक्ष विकास निमार्ण कार्यहरु सम्पन्न गरें । पुल पुलेसा, कलभर्टहरु निमार्ण गरियो । त्यसवेला बजेट कम थियो वडाबासीको श्रमदान, सहयोग र मेहनतले सडक निर्माण कार्य थालनी गरे । ती सडकहरुमा आज पिच गरिएको छ । १२ फुटे बाटोलाई मेरो पालमा नै ३० फुट बनाउने कार्य भएको हो ।

तपाईले वडाको नेतृत्व गरेको २ दशक वितिसेको अवस्था छ, त्यो वेलाको चिन्तन अनुसार आज काम गर्न सकिन्छ जस्तो लाग्छ ?
– समाज परिवर्तनशील छ । हामी पनि राजनीति कर्मी भएकोले हामीले पनि समय अनुकुल परिवर्तन हुदै जानुपर्छ । मान्छेले काम परेपछि सिक्दै जाने कुरा हो । परिमार्जन सहित पुरानो विवेकको प्रयोग गर्दै, नयाँ ढङ्गले जानुपर्छ । सबभन्दा ठूलो इच्छाशक्तिको कुरा हो समय सापेक्ष हुदै जानु कुनै अप्ठ्यारो होइन ।

वडाध्यक्ष विजयी हुनुभयो भने वडाको विकासका लागि कस्तो योजना छ ?
– वडाध्यक्ष निर्वाचित भईरहदा मेरो पहिलो उदेश्य पञ्च वर्षिय मास्टर प्लान बनाउँछु । त्यस अन्तर्गत धरमपुर बजारलाई नमुना बजारको रुपमा विकास गर्ने, बाटोहरु व्यवस्थीत गर्ने, १२ कक्षा सम्म निशुल्क गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य स्वास्थ्य सेवा, कृषि विज्ञहरुको परामर्श लिएर कोल्ड सेन्टर निमार्ण गरी व्यवसायी कृषिका लागि प्रोत्साहन गर्नेछु । सडक निमार्णको कुरा आवश्यकता अनुसार विस्तार गर्दै जाने लक्ष्य राखेको छु ।

सर्वसाधरणको आँखाले हेर्दा के कस्ता स्थानिय समस्याहरु देख्नुहुन्छ ?
– समाजमा आमुल परिवर्तन गर्न मानसिक रुपमा चेतनाको विकास गर्न जरुरी छ । अर्कोकुरा कुन कुराले वडाबासीको आयआर्जन बढ्न सक्छ त्यस विषयमा सोच्न जरुरी छ । गाउँघरमा भएका मुद्दामामिला, विभिन्न विषयमा हुने झै–झगडा जस्ता विषयले सभ्य समाज निमार्ण बाधक हुन् ती विषयको निराकरणको उपाय खोज्न जरुरी छ । यस्ता किमिका हेर्दा साना तिना जस्ता देखिने जटिल समस्याहरु देखेको छु ।

तपाईको सपनाको शिवसताक्षी १ कस्तो छ ?
मेरो वडा अहिले काँचो माटोको रुपमा छ । यसलाई सभ्य समाज, कुशल सस्कृती निमार्ण गर्ने, सुसम्पन्न बजार निर्माण गर्ने । बाहिरबाट आउने मान्छेले हेर्दापनि अनुकरणिय होस् भन्ने चाहाना÷ सपना छ मेरो । यसका लागि यहाँका वडाबासीलाई जागरुक बनाएर त्यसतर्फ डोर्याउँने सपना छ ।

वडाको यहाँका सम्भावनाहरु के कस्ता छन् ?
– सम्भावनाहरु छन् यहाँ हाम्रो जमिन उपयोगीता हिन भएको छ । जमिन हामीसँग छ तर जमिनलाई उत्पादनमुलक बनाएर लाने सन्र्दभमा किसान दाजुभाईहरु त्यसलाई खोजीनिती गर्नु भएको पनि छैन पुग्नुपनि भएको छैन । विभिन्न विकल्पहरु अपनाएर, सानो कार्यबाट थालनी गराएर जस्तो कृषिथोक बजार व्यवस्थापन गर्नका लागि हामीसँग पयाप्र्त स्थानहरु छन् । शुत्रबारे बजारमा अहिले बजार लाग्दैन, त्यहाँ १,२ र ३ वाडलाई समेटेर कोल्डस्टोर बनाउने कार्य गरियो भने कृषि क्षेत्रलाई ठूलो टेवा पुग्छ । कृषिबाट आर्थिक अवस्थामा धेरै सुधार गर्न सकिनेछ । त्यसतर्फ लागिपर्ने मेरो ध्येय छ ।

 

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि आचारसंहिता कार्यान्वयनमा जोड

बिर्तामोड, बैशाख ५। शान्तिपूर्ण, निष्पक्ष र उत्साहजनक सहभागितामा निर्वाचन सम्पन्न गर्न मतदाता शिक्षा र आचारसंहिताको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा सोमबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखा र संवाद...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।