शुक्रबार, १६ चैत, २०८० 

अग्रज पत्रकार काजी सहित सयौं व्यक्ति काँग्रेसमा प्रवेश

दमक/झापाका अग्रज पत्रकार नकुलकाजी(पाण्डे) तथा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका केन्दीय सदस्य विश्वनाथ श्रेष्ठसहित एक सय भन्दावढी व्यक्ति नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेस भद्रपुरको आयोजनामा भएको कार्यक्रममा झापाका अग्रज पत्रकार नकुल काजी तथा राप्रपा राष्ट्रवादीका केन्द्रीय सदस्य विश्वनाथ श्रेष्ठको नेतृत्वमा एक सय जना भन्दावढी व्यक्ति नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली पत्रकारितामा बलियो धरोहर कहलिएका काजी २०७१ सालमा कमल थापाले नेतृत्व गरेको राप्रपामा छ महिना सात दिन प्रवेश गरे पनी राप्रपाको कार्यशैली मन नपराएर पार्टी निरपेक्ष रहेका थिए ।
विगत छ – सात वर्षदेखि प्रतिपक्ष धारमा कलम चलाउँदै आएका काजीले लोकतन्त्रको स्थायीत्वका लागि नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेको बताए ।
नेपाली काँग्रेस पार्टीको धारणा, सारभूत सिद्धान्तमा अडिग रहेका उनले अहिलेको अवस्थामा लोकतन्त्र खतरामा पर्ने अवस्था देखेकाले लोकतन्त्रवादी पार्टीलाई वलियो वनाउन नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेको बताए । काजीले अहिलेका सत्ताधारीहरुबाट लोकतन्त्रको हुर्मत लिने काम भएको र यसले राष्ट्रियता नै संकटमा पर्ने अवस्था देखिएकोले देश र लोकतन्त्र जोगाउन आफू बिनाशर्त नेपाली काँग्रेसमा प्रवेश गरेको बताए । बरिष्ठ पत्रकार काजीले सबै देशवासीले लोकतन्त्रको जननीको रुपमा नेपालमा निरंकुशताका बिरुद्ध स्थापना भएको काँग्रेस पार्टीलाई साथ दिन अपिल गरे ।

त्यस्तै श्रेष्ठले ३५ वर्ष राप्रपामा बसेर आफूले समय र उमेर बेकारमा खेर फालेको दुखेसो गर्दै अलमलिएर बसेका लोकतन्त्रवादीहरुलाई आफूजस्तै नेपाली काँग्रेसको बिशाल लोकतान्त्रिक छहारीमा आउन आव्हान गरे । उनले राप्रपामा व्यक्तिवादी प्रवृत्ति हावी भएको र उसले प्रजातन्त्रको संरक्षण गर्नसक्ने अवस्था नदेखिएकोले सच्चा प्रजातन्त्रको छहारी खोज्दै आफू काँग्रेसमा आइपुगेको बताए ।

कार्यक्रममा श्रेष्ठसहित ४० जना अगुवा कार्यकर्ता सहित काँग्रेसमा प्रवेश गरेको बताइएको छ । नव प्रवेशीहरूलाई नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य भारतेन्दुकुमार मल्लिक, जिल्ला सभापति उद्धव थापा, प्रदेश संसद ओमप्रकाश सरावगी, क्षेत्रीय सभापति गणेश पोखरेल, नगर सभापति मोहन महर्जनले स्वागत गर्दै सदस्यता प्रदान गरेका थिए ।

नवप्रवेशी कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेपाल सरकारका पूर्व गृह तथा उपप्रधानमन्त्री समेत रहेका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियता समाजवाद र लोकतन्त्र चाहने सच्चा देशभक्तहरुले अहिले आफैं नेपाली काँग्रेसलाई खोजीरहेको बताउँदै त्यसैको परिणाम बिश्वनाथ र नकुलकाजी जस्तो राष्ट्रको बौद्धिक व्यक्तिवहरु बिनाशर्त काँग्रेस प्रवेश गरेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य भारतेन्दुकुमार मल्लिक, नेपाली काँग्रेस झापाका सभापति उद्धव थापा लगायतले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकोले अरु पार्टीमा जस्तो निषेध र बिभेदको राजनीति काँग्रेसमा नहुने हुँदा नयाँ पुरानो नभनी मिलेर संगठन निर्माणमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

नेपाली काँग्रेस भद्रपुर नगर समितिका सभापति मोहन महर्जनको सभापतित्वमा भएको कार्यक्रममा ३ नं. क्षेत्रीय सभापति गणेश पोखरेलले धेरै लब्ध प्रतिष्ठित व्यक्तित्व र आम सर्वसाधारणहरु काँग्रेस प्रवेशको तयारीमा रहेपनि कोरोनाका कारण कार्यक्रम सञ्चालन गर्न कठिनाई भइरहेको बताए । माक्स, सेनेटाइजर, एक अर्काबीच अनिवार्य भौतिक दुरी कायम गरिएको सो कार्यक्रममा साबुन पानीले हात धोएपछि मात्र कार्यक्रम स्थलमा प्रवेशको व्यवस्था मिलाइएको थियो ।
काँग्रेसका आदिवासी नेता कालेन्द्र राजवंशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर सचिव राम कंडेलले गरेका थिए ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।