मङ्गलबार, ०४ बैशाख, २०८१ 

आइएमई लाइफ इन्स्योरेन्स कम्पन्नी लि.को अभिकर्ता अभीमुखीकरण तालिम सम्पन्न

आइएमई लाइफ इन्स्योरेन्स कम्पन्नी लि.ले अभिकर्ता अभीमुखीकरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार (पुस,१३ गते) बिर्तामोडमा रहेको साई प्यालेस सिटी कम्प्लेक्सको सभाहलमा इन्स्योरेन्सका प्रदेश १ उपप्रमुख तथा मेची इन्चार्ज मिलन दाहालको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमूख अतिथि कम्पनीका सिईओ कवि फुँयाल, विशेष अतिथि कम्पनीका प्रदेश प्रमुख कर्मराज पौडेलको उपस्थिती रहेको थियो ।

आईएमई लाइफ इन्स्योरेन्सको काकडभिट्टा, बिर्तामोड, भद्रपुर र सुरुङ्गा शाखाहरुबाट एमडिआरटी हासील गर्न सफल अभिकर्ता, सेल्स कोडमा उत्कृष्ट अभिकर्ता, उत्कृष्ट एजेन्सी म्यानेनजर र उत्कृष्ट टिम बिजनेस गर्न सफल भएका अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । सेल्स कोड तर्फ प्रथम मिना गुरुङ श्रेष्ठ, दोस्रो टिकाराम पाठक र तेस्रो टिका लिम्बुलाई सम्मान गरिएको थियो । त्यस्तै, टिम विजनेस तर्फ प्रथम हरी खनाल, दोस्रो हरी लम्साल र तेस्रो नरेन्द्र कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो ।

त्यस्तै, कम्पनीको इतिहासमा पहिलो पटक डब्बल एमडिआरटी हासील गर्न सफल मिना गुरुङ श्रेष्ठ र १५ दिनमा एमडिआरटी हासील गर्न सफल याम कुमार राई र मिन बहादुर तामाङलाई सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि फुयाँलले निकट भविष्यमा नै आईएमई लाईफ इन्स्योरेन्स कम्पनी विमा परिपक्क भुक्तानी गर्न विमितको घरमै पुग्ने व्यवस्था गरिने साथै विवितको सेवा र सुविधाका लागि कुनै कन्जुस्याई नगरी कम्पनी अघि बढी रहेको बताएका थिए । कार्यक्रम महेन्द्र तिम्सिनाले संचालन गरेका थिए ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।