शनिबार, ०८ बैशाख, २०८१ 

फाल्गुनन्द साकोसको सदस्य शिक्षा कार्यक्रम सम्पन्न

फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था लि. दमकले माइपूर्व क्षेत्रमा रहेका सेयर सदस्यहरुका लागि सदस्य शिक्षा, सुचना तथा अन्तक्रियात्मक कार्यक्रम संचालन गरेको छ । पुस १३ गते सोमबार विर्तामोडमा रहेको थकाली किचनको सभाहलमा आयोजित सो कार्यक्रम फाल्गुनन्द साकोसका शिक्षा तथा तालिम उपसमिति संयोजक महेन्द्र चाम्लीङको अध्यक्षतामा सम्पन्न भएको थियो । विर्तामोड सेवाकेन्द्र सह–संयोजक विमला फुएलले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको शिक्षा सिफारीस उपसमिति सदस्य पिताम्बर कट्टेलले औचित्य पुष्टी गरेका थिए ।

सहकारी र समाज शिर्षकमा पुर्वसचिव देशराज नेम्बाङको सहजीकरण सगै शुरु भएको अन्तक्रियात्मक कार्यक्रममा संस्थाका अध्यक्ष संकल्प लिङ्देन, सचिव दिलिप जवेगु, लेखासमिति सदस्य विरवहादुर लावती र शिक्षा तथा तालिम उपसमिति महेन्द्र चाम्लीङले सहकारी सम्बन्धी छुट्टाछुट्टै विषयमा रही सहजीकरण गरेका थिए । बहुसंख्यक बढी सेयर सदस्यको उपस्थिति रहेको सो कार्यक्रम विर्तामोड सेवाकेन्द्रका सदस्य सचिव सुवास भण्डारीले संचालन गरेका थिए ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।