शुक्रबार, ०७ बैशाख, २०८१ 

संसद् बिघटन विरुद्ध झापामा जसपाको विरोध

बिर्तामोड, ८ पुष । जनता समाजवादी पार्टी, नेपाल झापाले संसद् बिघटनको निर्णय विरुद्ध झापाको बिर्तामोडमा प्रदर्शन गरेको छ ।
विरोध प्रदर्शन कार्यक्रममा बोल्दै जसपा नेपाल प्रदेश अध्यक्ष प्रवीण चाम्लिङले संविधान विरुद्ध प्रधानमन्त्री केपी ओलीले संसद् बिघटन गराएर मुलुकलाई संकटमा धकेलेको आरोप लगाए । उनले भने ‘‘ केपी ओली रहरले यो गणतन्त्र आएको होइन, लोकतन्त्र आएको होइन लोकतन्त्र भनेको मुलुकमा रहेका आदवासी जनजाति आन्दोलन, खस आन्दोलन, मदेश आन्दोलन, वर्गिय आन्दोलनबाट आएको हो । त्यसैले हामीले आन्दोलनबाट ल्याएका उपलब्धीहरुको रक्षा गर्न यहाँ उभिएका छौ ।’’

जनाताको संघर्षबाट संसद् पुनर्स्थापना गराएरै छाड्ने उनले दावी गरे ।
हजारौं जनताको बलिदानीबाट प्राप्त उपलव्धिलाई ध्वस्त पार्ने अधिकार प्रशानमन्त्री ओली र राष्ट्रपति विध्यादेवी भण्डारीलाई नभएको प्रदेश सांसद् एवम् जसपा केन्द्रीय सदस्य राधा थापाले जिकिर गरिन् ।
त्यस्तै कोणसभालाई सम्बोधन गर्दै जसपा झापा अध्यक्ष अनुत राजवंशीले प्रधानमन्त्री र राष्ट्रपतिबाट नेपाली जनताको विश्वास उठेको भन्दै न्यायलयबाट आशा गरेको स्पष्ट पारे ।

अर्का अध्यक्ष दिपेन बाला राईले जनताको नाशो बचाउन जीवन मरणको लडाइँ लड्न तयार रहेको दावी गरे ।
बिर्तामोडको मुक्तिचोकबाट सुरु भएको विरोध ¥यालीले चोक क्षेत्रको परिक्रमा गरेर कोणसभामा परिणत भएको थियो ।
जसपा नेपालको केन्द्रीय निर्देशन अनुसार देशभरका जिल्ला सदरमुकाम केन्द्रित विरोध प्रदर्शन कार्यक्रम अन्तर्गत विरोध कार्यक्रम सम्पन्न गरिएको जसपा झापाका अध्यक्ष मध्ये एक अनुत राजवंशीले बताए ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।