शुक्रबार, ०७ बैशाख, २०८१ 

दम रोगी राईलाई पहिलो पाइलाको सहयोग

 

दम रोगी हस्त बहादुर राईलाई आर्थिक सहयोग वितरण गरिएको छ ।

चुलाचुली ३, सुकुना टोल इलामका दम रोगी राईलाई पहिलो पाइला दमक शाखाले आज उनकै निवासमा पुगेर १० हजार नगद र खाद्यन्न वितरण गरेको हो ।

मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका राई आफै थलिएपछि परिवारको गुजारा चल्ल धौधौ परेको छ । त्यसमाथि उनलाई दैनिक ६ सय रुपैयाको अक्सिजन, २ सय रुपैया ढुवानी खर्च गरी दैनिक ८ सय खर्चहुने गरेको छ । त्यो रकम जुटाउँन पनि उनको परिवार असक्षम रहेको छ ।

सहयोग वितरण गर्ने क्रममा पहिलो पाइला नेपाल सामाजिक सेवाका लागि स्थापना भएको संस्था रहेको दमक शाखा अध्यक्ष दिपक खड्काले बताए । नेपालभर १४ वटा शाखामा विस्तार भएको संस्थाको प्रधान कार्यालय काठमाण्डौको बानेश्वरमा रहेको छ ।
२०७४ सालमा स्थापना भएको यो संस्थाले विपन्न वर्गका मानिसहरुलाई शिक्षा र स्वास्थ्यका लागि सहयोग उपलब्ध गराउँदै आएको सचिव मेघनाथ फुएलले बताए ।

यसपटक दम रोगी राईको आर्थिक अवस्था कमजोर रहेको जानकारी पाएपछि उनलाई सहयोग गर्न त्यहाँ पुगेका टोलीले रोगी राईलाई रु १० हजार नगद सहित खाद्यन्न वितरण गरेको थियो । त्यसैगरी समानता टिभीको संचालक सबिना राईले १ बोरा चामल सहयोग गरेकी थिइन् ।
जीवन र मृत्यूसँग लडीरहेका राईले भनेः– ‘दम रोग सुन्दा सामान्य जस्तो लागेता पनि यसको सामना गर्न धेरै गारो रहेछ ।’ निरन्तर नाकबाट अक्सिजन लगाईरहनु पर्ने, जाडो मौसममा अक्सिजनको चिसोले धेरै सताउँने गरेको रोगी राईले बताए ।

उनको यो रोगको पूर्णरुपमा निदान हुन्छ या हुदैन उनका परिवार अन्योलमा नै रहेका छन् । तै पनि पर्याप्त रकम पाए उपचारका लागि हस्पिटल जाने उनको श्रीमतीको इच्छा रहेको छ ।

पूरा भिडियो हेर्न लिङ्कमा लगइन गर्नहोस्ः

 

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।