बुधबार, १४ चैत, २०८० 

इलामका किवी उत्पादक चिन्तित, सुस्ताउँदै किबी खेती परियोजना

 

पछिल्लो समय इलामलाई किबी खेतीको सुपरजोन बनाउने प्रयास सुस्ताएको छ । किवी खेतीमा किरालाग्न थालेपछि किसान चिन्तित भएका छन् । पाक्ने समयमा किवी लहरानै कुहिन थाल्नु र दाना झर्न थालपछि इलामका किसान चिन्तित बनेका छन् । पूरा नपाकेकी बेच्नपनि नसकिने र काँचो किवी खाँदा कोक्याउने अमिलो हुने , धेरै समय भण्डारण गर्दा चाउरिने तर मिठास नहुने इलामका किवि फार्म सञ्चालक उदय राई बताउछन् ।

किराको समस्या बढ्दै जान थाल्नु र समय अगावै किवी टिपेर बजारमा आउन थालेपछि किवी जोन परियोजना र इलाम उद्योग बाणीज्य संघले सचेतना अभियान शुरु गरेको छ । रातो किवि फल भदौमा नै पाक्ने यो फल विक्रि गर्न सकिने भएपनि हरियो किवी भने मंसीर पछि पुसु दोस्रोसाता मात्र परिपक्व भएर पाक्ने भएकाले समय अगावै नटिप्न सुझाइएको किवि जोन परियोजनाका अध्यक्ष देउकुमार राई बताउँछन् ।

इलामको सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाको १, २, ३ र ४ को क्षेत्रमा किबी फलको ‘जोन’ घोषणा गरी कार्यक्रम स्वीकृत भए पनि कायक्रम स्थापित हुन सकेको छैन । प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना अन्तर्गत इलाममा ‘किबी जोन’ घोषणा गरी कार्यक्रम स्वीकृत गरे पनि आर्थिक वर्षको चार महिना बित्न लाग्दा परियोजनाको कार्यालय स्थापना समेत भएको छैन ।

दस वर्षअघिदेखि इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर ३ बाट खेती सुरू भएको किबी इलामका किसानको आम्दानीको भरपर्दाे स्रोत बन्दै आएको छ । किसानस्तरमा व्यावसायिक रुपमा खेती भएको किबीको उत्पादन, प्रशोधन र बजारीकरणका लागि सरकारले ‘किबी जोन’ सञ्चालन गर्ने घोषणा गरेको थियो । किसान र स्थानीय सरकारको माग अनुसार संघीय सरकारले ‘किबी जोन’ घोषणा गरे पनि समयमै कार्यक्रम सञ्चालन नहुँदा किसान दुःखित भएका छन् ।

सुपरजोन नै प्रश्नमा
तीन वर्षसम्म सञ्चालन हुने ‘किबी जोन’मा खेती विस्तार, उत्पादनमा बृद्धि, खेती गर्ने किसानलाई प्राविधिक सहयोग र बजारीकरणमा सहयोग गर्ने पहिलो आर्थिक वर्षको कार्यक्रम थियो ।

इलामको सन्दकपुर गाउँपालिकासहित इलाम नगरपालिकाका चार वटा वडामा सञ्चालन हुने किबी जोन कार्यक्रम तीन वर्षसम्म सञ्चालन भएपछि राम्रो भएमा ‘सुपर जोन’ कार्यक्रम लागू हुने भनिएको थियो । तर योजना अनुसार काम हुनै सकेन । किबीका लागि पकेट क्षेत्रलाई दस हेक्टर, किबी ब्लकका लागि एक सय हेक्टर, किबी जोनका लागि पाँच सय हेक्टर र किबीको सुपर जोनका लागि एक हजार हेक्टर क्षेत्रफल निर्धारण गरिएको परियोजनाका कर्मचारी बताउँछन् ।

तीन वर्षे जोन कार्यत्रम सफल र राम्रो रुपमा सञ्चालन भएमा सुपर जोन घोषणा गरी थप सात वर्षसम्म परियोजना सञ्चालन हुनेछ । किबीको उत्पादन, प्रशोधन तथा बजारीकरणमा केन्द्रित गरी विनियोजन गरिएको ७० प्रतिशत रकम मेसिनरी र ३० प्रतिशत रकम चालू खर्चका रूपमा खर्च गरिने योजना रहेको थियो ।

नेपालको १२ सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उच्चाइमा खेती गर्न सकिने किबीको उत्पादन इलामको सन्दकपुर गाउँपालिकाबाट खेती भित्रिएको थियो भने उद्योग वाणिज्य संघले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम लागू गरी विस्तारमा सहयोग गरेको थियो । घरबाटै गाडी–गाडीमा व्यापारीले बजारमा लाने गरे पनि किबीको पछिल्लो चरणमा मूल्य कम भएको सन्दकपुर गाउँपालिका सुलुबुङ्गगुका किसान गोपाल खतिवडाले बताए ।

किसानलाई उचित तालिम नै छैन
इलाम , पाँचथर र ताप्लेजुङका केहि किसानले जानकारी अभावमा समय अगावै किवी बजारमा ल्याएका छन् । इलाममा रातो किवीका अलावा ब्रुनो, अलिसन , हेवार्ड जातका किवी लगाएको पाइन्छ । हवार्ड जातको किवी अन्य जातको भन्दा उच्च गुणस्तरको मानिन्छ । इलाममा किवी जोन परियोजना सचालन भएपछि गुणस्तर सुधार र बजारिकरणका काम हुदै आएको छ । व्यावसायिक रुपमा किबी खेतीबाट इलाममा गत आर्थिक वर्षमा तीन करोड ७९ लाख ५० हजार रुपैयाँको आम्दानी भएको थियो । जिल्लामा एक सय ३५ मेट्रिक टन किबी उत्पादन भएको थियो । जुस, जाम, जेली बनाउन प्रयोग हुने किबी फल प्रतिकिलो तीन सय ५० रुपैयाँमा बिक्री हुँदै आएको छ । किबीमा भिटामिन ‘सी’ लगायतका पोषकतत्वहरु धेरै मात्रामा पाइन्छ । खान स्वादिष्ट र खेती गर्न सजिलो किबी फलबाट जुस, जाम, जेली, वाइन, केक, विस्कुट, चक्लेट लगायत कस्मेटिक सामान, भिटामिनसहित २ सय ४८ वटा वस्तुहरु निर्माण भइसकेका छन् । समुद्री सतहबाट ८ सय मिटरदेखि ३ हजार मिटरसम्मको उचाइमा किबी खेती हुन्छ । संयुक्त राष्ट्रसंघ विश्व खाद्य संगठनले सन् २००५ मा प्रकाशित गरेको एक तथ्याङ्क अनुसार विश्वका सात मुलुकमा किबीको व्यावसायिक खेती गरिएको छ । इटाली, न्यूजिल्याण्ड, फ्रान्स, ग्रीक, इरान, युनाइटेड स्टेट र क्यानडामा किबी खेती गरिएको तथ्याङकमा छ ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।