बिहिबार, २९ चैत, २०८० 

अभिनयको फरकधारमा संगीता लावती

 

 

पेशा, व्यसाय गरेर सर्बसाधरण जीवन यापन गर्ने चाहाना राखेकी एक युवती जसको कलाकारिता जगतमा आउने कुनै सौख थिएन । दर्जन बढी स्टेज सो संचानल गरेको अनुभव सङ्गालेको भएपनि लगभग त्यो क्षेत्रको सौखलाई पनि बिट मारीसकेको अवस्थामा कथाले मागेपछि उनलाई कलाकारिता जगत पाइला नराखी धरै भएन ।

साइनोले जेठाजु पर्ने गायक आसराज बोखिम लिम्बुको वचन टार्न नसकेपछि एउटै मात्र म्युजिक भिडियोमा काम गर्ने सर्तमा प्रस्ताव स्विकारिन र काम गरिन । लिम्बू समुदायको सस्कारमा अत्यन्त महत्व राख्ने ‘पालम’बाट उनको कलाकारिता सुरु भयो। त्यसपछि उनले दर्शकहरु माझ मौलिक कलाकारको रुपमा एउटा लोभ लाग्दो परिचय स्थापित गरिन ‘संगीता लावती’ ।

संगीता लावती दर्शकको रोजाईमा परेपछि निर्माता,निर्देशकको छनौटमा पनि परिन। यो अन्तिम है भन्दै काम गर्न थालिन र सातौ भिडियो रिलिज हुदासम्ममा कुनबेला कलाकारितामा उनको दिल बस्यो थाहै पाइन्न। अहिले उनी भन्न थालेकी छिन –‘अरुको वचन टार्न नसकेर यो क्षेत्रमा लागेको थिए“ । तर हिजोको बाध्यता आज रहर र सौखमा परिवर्तन भएको छ । म मेरो अभिनयमा सन्तुष्ट छुइन यसलाई निखार ल्याउनको लागि अझ मेहनत गर्नुछ ।’

धरानबाट प्रकाशित हुने ब्लाष्ट दैनिकमा स्तम्कारको रुपमा समेत काम गरेकी लावतीले आगामी दिनमा आफ्नो अभिनयलाई परिस्कृत गरेर निरन्तरता दिने सोच बनाएकी छिन् ।कलाकारिता अलवा मौलिक पहिरन डिजाइन सम्बन्धी रुची भएकोले आफ्नो रुची पुरा गर्न युना कटिङ सेन्टर धरानबाट फेशन डिजाइन सम्बन्धी २ वर्षे कोर्ष पुरा गरेकी छिन् । त्यसयता फुर्सदको समयमा धरानको आफ्नै निवासमा मौलिक पहिरनको परिमार्जित रुप दिदै समयको उपयोग गर्दै आएकी छिन् । सँगीताले साडी, चोलो, कुर्ती, लेहेङ्गा, गाउन, मेख्ली, जामा जस्ता मौलिक पहिरनहरुको कलात्मक डिजाइन निकाल्न पाउदा आफुलाई खुशी लाग्ने साथै ग्राहकहरुले पनि रुचाउँने गरेको बताउँछिन् । त्यतिमात्र नभई अडर अनुसारका जिन्स दौरा, सुरुवाल, कोटहरु डिजाइन समेत गर्ने गरेकी छिन् । यसो गर्दा आफ्नो रुची पुरा हुनुका साथै आयआर्जन पनि राम्रै भएको जनाउँछिन् । केही समयको अन्तरालपछि एक चलचित्रमार्फत अभिनय जगतलाई नै पुनः निरन्तरता दिने तय भएको समदर्शी अनलाइनसँग बताएकी छिन् ।

संगीता लावती बुवा स्व. हंशबहादुर लावती र आमा राज कुमारी लावती (सिगु), को कोखबाट झापा लखनपूर ६, गेउरिया चोकमा जन्एिकी हुन् । पहिलो म्युजिक भिडियो ‘पालम’मा संगीताले लज्जालु र मायालु लिम्बुनी पात्रको भुमिका निर्वाह गरेकी छिन् । जसमा धान नाच्ने थाङवेन् (केटा) सँग गहिरो माया बसेको हुन्छ, तर त्यो माया अधुरो हुन्छ । सम्झनामा विझाई रहने त्यो अधुरो प्रेमकथा संगीताको निश्चल अनुहार र ट्रिपिकल अभिनयले न्याय गरेकै लाग्छ । भविष्यमा म्युजिक भिडियोको जगतमा उनको मौलिक अभिनयले छुट्टै स्थान ओगट्ने छ । उनकोे कार्य म्युजिक भिडियो क्षेत्रमा नयाँधारको रुपमा स्थापित हुने सम्भावना प्रबल हुदै गएको छ ।

 

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।