मङ्गलबार, ०४ बैशाख, २०८१ 

अब मुलुक त्रीपक्षीय शक्ति संघर्षमा : चेम्जोङ

दमक । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङले अबको नेपाली राजनीति त्रीपक्षीय शक्ति संघर्षबाट अघि बढ्ने बताएका छन् ।
सोमबार झापाको दमकमा आयोजित अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै पूर्वमन्त्री चेम्जोङले हिजो कांग्रेस र कम्युनिष्ट मात्रै रहेको सत्ता राजनीतिको केन्द्रविन्दुमा अब जनता समाजवादी पार्टी, नेपाल पनि प्रवेश गरेको जिकिर गरेका हुन् ।
‘त्रीपक्षीय शक्ति संघर्षमा कांग्रेस र नेकपा भन्दा अग्रगामी, वैचारिक रूपले स्पष्ट र वास्तविक नेपाली जनताको शक्ति जसपा नै हो’, चेम्जोङले भने ।
कांग्रेस-कम्युनिष्ट एउटै सिक्काका दुई पाटो मात्रै रहेको भन्दै उनले झन्डा, चुनाव चिन्ह, मान्छे फरक भए पनि दुवै शक्ति यथास्थितिवादी रहेको आरोप लगाए ।
कोरोना समस्याको कारण पार्टी समायोजन प्रकृय लबिएको भन्दै चेम्जोङले ढिलोमा माघसम्ममा समायोजन प्रकृया सकेर पार्टी वैचारिक र सांगठानिक सुदृढीकरणमा लाग्ने दावी गरे ।
भेटघाटमा जसपा प्रदेश नं १ का अध्यक्ष प्रवीण चाम्लिङ, केन्द्रीय सदस्यहरु हरीदेवी राई लावती, लोकसागर सम्बा लगायत प्रदेश समिति, लिम्बुवान राष्ट्रिय समिति, स्तानीय तहका नेताहरु सहभागी थिए ।

पूरा भिडियो लिङ्कमा हेर्नुहोस
 

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।