बिहिबार, २९ चैत, २०८० 

ल्याङवेज एण्ड कम्प्यूटर इन्स्टिच्युट एसोसिएसन अफ दमक’ को गठन , अध्यक्षमा लावती

दमक क्षेत्रमा संचालनरत प्रशिक्षण केन्द्रहरुको छाता संगठन ‘ल्याङवेज एण्ड कम्प्यूटर इन्स्टिच्युट एसोसिएसन अफ दमक’ को गठन भएको छ ।

झापा | दमक क्षेत्रमा संचालनरत प्रशिक्षण केन्द्रहरुको छाता संगठन ‘ल्याङवेज एण्ड कम्प्यूटर इन्स्टिच्युट एसोसिएसन अफ दमक’ को गठन भएको छ । दमकमा रहेको सिएसिआई इन्स्टिच्युटमा तदर्थ समितिका संयोजक राजु गौतमको अध्यक्षतामा बसेको बैठकले एसोसिएसन गठन गरेको हो ।

बैठकबाट लामो समय देखि इन्स्टिच्युट संचालन गर्दै आएका र सामाजिक कार्यहरुमा समेत सरिक हुदै आएका ब्रिटिस ल्याङ्वेज आईटी कलेजका संचालक गगन लावतीको नेतृत्वमा समिति गठन भएको हो । समितिको उपाध्यक्षमा राजु गौतम, सचिवमा सन्देश थापा, कोषाध्यक्षमा विवेक मैनाली र प्रवक्तमा देशराज नेम्बाङलाई सर्वसम्मत रुपमा चयन गरिएको छ । सोही बैठकबाट राम नेपालको संयोजजकत्वमा नविन राई र विशाल सिटौलाको ३ सदस्यीय सल्लाहकार समिति चयन गरिएको थियो ।

पछिल्लो समयमा कोभिड १९ को महामारीका कारण प्रशिक्षण केन्द्र संचालन गर्नमा कठिनाई भएकोले यस क्षेत्रका लागि पनि स्थानिय सरकारले चासो देखाउनु पर्नेमा ध्यानआकर्षण गराउँन, प्रशिक्षण केन्द्रहरु विच स्वस्थ्य प्रतिष्पर्धाको वातावरण सिर्जना गर्न र प्रशिक्षण केन्द्रहरुको सिपमुलक तालिमहरुमा एकरुपता ल्याउन लगायतका उदेश्यहरु पुरा गर्न यस संगठनको आवश्यकता महषुस भएकोले ‘ल्याङवेज एण्ड कम्प्यूटर इन्स्टिच्युट एसोसिएसन अफ दमक’ को जन्म भएको अध्यक्ष गगन लावतीले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।