बुधबार, ०५ बैशाख, २०८१ 

सुदर्शन सहकारी मापदण्ड विपरित

०७५/०७६ को वार्षिक कार्ययोजनामा प्रस्ताव राखेर साधारणसभाबाट पारित नै नगराई पथरीमा सेवा केन्द्र सञ्चालनमा ल्याएको खुलेको छ ।

मोरङ, मोरङको उर्लाबारी स्थित सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष ०७५/०७६ को वार्षिक कार्ययोजनामा प्रस्ताव राखेर साधारणसभाबाट पारित नै नगराई पथरीमा सेवा केन्द्र सञ्चालनमा ल्याएको खुलेको छ । सस्थाले ९ औं वार्षिक साधारण सभा असोज ११ गते शनिवार उर्लाबारी ७ को उर्लाबारी पार्टी प्यालेसमा गरेको थियो ।

सहकारी संस्थाले सदस्यहरूलाई पठाएको साधारण सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन पुस्तिकामा उल्लेख भएका छलफलका विषयमा समेत छलफल नभएको शेयर सदस्यहरू बताउँछन् । प्रतिवेदनमा प्रस्ताव नं. १ मा अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन माथि छलफल उल्लेख गरिएको छ । तर पुस्तकमा गत वर्षको प्रगती प्रतिवेदन र चालु आवको प्रस्तावित कार्यक्रम योजना नै प्रस्तुत गरिएन । अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन भनेर चुक्ता पूँजी, कुल निक्षेप, कूल कर्जा तथा सापटी, कुल आम्दानी, सञ्चालन मुनाफा र कुल कारोवारका प्रतिवेदन मात्रै प्रस्तुत गरियो । विषय सूचीमा उल्लेख गरिएका छलफलका विषय नै साधारण सभामा छलफल नै नगराई कम्पनी शैलीबाट साधारण सभा सम्पन्न गर्ने गरेको सहभागिहरू बताउँछन् ।

पुस्तिकामा छलफलको चौथो नम्वरमा आव ०७५/०७६ मा सञ्चालक समितिको निर्णयले भएका गरेका सम्पूर्ण कार्यहरूको अनुमोदन गर्ने उल्लेख छ । तर प्रतिवेदनमा के के निर्णय भए र के के अनुमोदन गर्नुपर्ने भन्ने उल्लेख छैन । सामान्यतया साधारण सभा भन्दा अघि कुनै ठूलो निर्णय गर्नुपर्ने अवस्थामा मात्र बैठकले निर्णय गरी त्यो विषय साधारण सभामा टेवुल गरी पारित गराउनु पर्ने कानूनी ब्यवस्था छ । छलफलको सातौं र आठौं बुदामा क्रमश शेयर सदस्य र कर्मचारीलाई बोनस वितरणको कुरा उल्लेख छ । तर, गत वर्षको प्रगति प्रतिवेदनमा गत आवमा कति प्रतिशत बोनस वितरण गरियो भन्ने उल्लेख गर्न सहकारीले आँट गरेको छैन् । अझ रोचक पक्ष त सहकारी संस्थाको विनियम संसोधन र कोष ब्यवस्थापनको विषयलाई त छलफल मै लगिएन । पुस्तिकामा स्पष्ट देखिने गरी विनियमको कुन कुन परिच्छेदले कार्य सञ्चालनमा बाधा पु¥यायो र त्यसको सट्टामा के के थप्नु पर्ने भयो त्यसको कारण समेत खुलाई वार्षिक प्रतिवेदनमा उल्लेख गर्नु पर्ने कानूनी ब्यवस्था छ ।

विनियम संसोधन र कोषको व्यवस्थापनका विषयमा समेत सहकारीले खुलेर बोल्ने आँट गरेको छैन् । सहकारीमा कोषाध्यक्ष र ब्यवस्थापक कोषको जिम्मेवार ब्यक्ति हुन्छन् । सुदर्शन सहकारी मात्र त्यस्तो संस्था हो जहाँ कोषाध्यक्षले आफ्नो वार्षिक आय ब्यय नै प्रस्तुत गर्दैनन । न त लेखापरिक्षण प्रतिवेदनमा कोषाध्यक्षको हस्ताक्षर नै हुन्छ । प्रतिवेदनको लङ्फर्ममा मात्र सदस्य सङ्ख्या उल्लेख गर्ने सहकारी पनि सुदर्शन मात्रै हो । गत असोज ११ गते ९ औं साधारण सभाका अवसरमा प्रस्तुत गरिएको प्रतिवेदनमा मात्र संस्थाको सञ्चालक समिति ७ सदस्यीय भएको उल्लेख छ । ६ हजार ३१३ जना शेयर सदस्य रहेको सहकारीमा ७ सदस्यीय सञ्चालक समिति छ । त्यसमा पनि सञ्चालक समितिको नाम कतै उल्लेख छैन । केही ब्यक्तिले सहकारीको नाममा कम्पनी चलाएर स्थानीय ब्यापारीहरूलाई सेवा पु¥याए पनि त्यो सहकारी मापदण्ड अनुसार छ कि छैन भन्ने विषयमा सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।

सहकारीका लागि उर्लाबारी मलिलो भूमि हो । यहाँका समूदायमा आधारित सहकारीले सुदर्शनको जस्तो सेवा प्रवाह गर्न नसकेका होलान् । तर समूदायमा आधारित सहकारीले हरेक सदस्यलाई शेयर प्रमाण पत्र दिएका छन् । मुनाफा दिएको प्रष्ट खुलाएका छन् । साधारण सभामा वितरण गरिने प्रतिवेदन नै छर्लङ्ग हुन्छ तर सुदर्शन सहकारीले हाल गरिरहेको सेवा, सदस्यका लागि ‘मूतको न्यानो’मात्र भएको सहकारी विज्ञहरू बताउछन् ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।