मङ्गलबार, १३ चैत, २०८० 

वडा अध्यक्ष तामाङको सक्रियतामा मुसहर वस्तीमा कपडा वितरण

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष जयबहादुर तामाङले मुसहर बस्तीमा सोमवार कपडा विरण गरेका छन् ।

६ नं. वडामा मुसहर समुदायको उल्लेख्य वसोवास रहेको छ । पुषको कठ्याङग्रिदो चिसोमा परालको घुर तापेर चिसो सिरेटो काट्न वाध्य वनेका छन् । मुसहर समुदायको सो वस्तीमा अध्यक्ष तामाङ एक गाडि कपडा लिएर पुग्दा उनिहरुको अनुहारमा मुस्कान छाएको छ ।

लगभग दुई सातादेखिको बाक्लो हुस्सु र शीतलहरका कारण तराईको जनजीवन यति बेला कष्टकर बनेको छ । शीतलहरबाट गरिब, वृद्धवृद्धा, सुत्केरी महिला तथा बालबालिका र विद्यार्थी बढी प्रभावित बनेका छन् ।

तामाङको उपस्थितिलाई सो समुदायका बृद्धबृद्धाहरुले वर्षैँ देखी परदेशिएको छोरा अचानक घरफर्किए जस्तो गरि अथाह स्नेह प्रकट गरेका छन् । बढ्दो चिसोका करण सो स्थानमा वसोवास गर्ने बालबालिका तथा बृद्धबृद्धाहरुमा समस्या आउन थालेपछि वडा अध्यक्ष तामाङले आफ्नै पहलमा कपडा विरण गर्न थालेको बताएका छन् ।

चिसोका कारण विद्यालय जाने उमेर समुहका वालबालिका मात्र हैन घरमा वस्ने बृद्धबृद्धा र ज्यालामजदुरी गर्ने युवा वर्ग सम्म चिसोको चपेटामा परेका छन् । सो समुदायका मानिसहरु पुष माघको जाडोमा मात्र हैन आसर साउनको बर्खा याममा पनि सधै पिडित बन्दै आएका छन् ।

यसैबिच पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राईले नगर भित्रका विपन्न बस्तीमा बालबालिकालाई लक्षित गर्दै न्याना कपडा वितरण गर्ने काम भइरहेको बताए । उनकाअनुसार वनसँग समन्वय गर्दै नगर क्षेत्रका बासिन्दालाई आगो ताप्न दाउराको पनि व्यवस्था गरिएको जानकारी दिए ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।