मङ्गलबार, १३ चैत, २०८० 

ग्लोबल एजुकेशनल एकेडेमीले मनायो रजत जयन्ती

ग्लोबल एजुकेशनल एकेडेमीले शिवसताक्षी झिलझिले बजारमा रहेको वाटर किङ्डम पार्कमा एक औपचारिक समारोह आयोजना गरी आफ्नो २५ औं वार्षिक उत्सव मनाएको छ । सोही अवसरमा विभिन्न शैक्षिक संस्थाका संस्थापकहरु बिच दशै शुभकामना आदान प्रदान कार्यक्रम समेत सम्पन्न भएको थियो ।

संस्थाका व्यवस्थापन समिति अध्यक्ष दिलबहादुर बस्नेतको अध्यक्षता, दमक नगरपालिका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अतिथिहरु दमकका शिक्षा शाखाका शिक्षा अधिकृत सोम गुरागाई, प्याब्सन झापाका बरिष्ठ उपाध्यक्ष गौरीमान फागो, प्याब्सन कमल गाउपालिका अध्यक्ष बदी साम्पाङ राई लगायतको उपस्थीति रहेको थियो ।

त्यस्तै संस्थापक संचालक समिति अध्यक्ष होम बहादुर नेपाल, पूर्व अध्यक्ष एवं वर्तमान शिक्षा समिति संयोजक खेम प्रसाद भण्डारी, संचालक समिति सदस्यहरु खगेन्द्र प्रसाद भण्डारी, गोविन्द बहादुर कटुवाल, इन्दिरा बस्नेत, निर्मल कुटुवाल लगायतको उपस्थीति रहेको थियो ।
कार्यक्रममा संस्थाको पृष्ठभूमी बताउँदै पूर्व अध्यक्ष भण्डारीले भने– ‘‘यो संस्था आज भन्दा २५ वर्ष अघि पूर्वाञ्चललाई शैक्षिक हब बनाउँने उदेश्यले २३ जना शैक्षिक व्यक्तीहरुबाट संचालनमा आएको संस्था हो । पहिलो शैक्षिक सत्र कक्षा १ देखि १० सम्म संचालनमा आएको थियो । पहिलो ब्याज एसएलसी सतप्रतिशत नतिजा ल्याएका थियौ ।’’

सोही अवसरमा पुर्व संचालक समिति सदस्य नवल चन्द्र गुरागाई, पूर्व प्रधान अध्यापक डिल्ली प्रसाद भट्टराई र अग्रज पत्रकार गञ्ज बहादुर दाहाललाई प्रसंसा पत्र, टोपी, दोसल्ला र नगद राशी समेतले सम्मान गरिएको थियो ।

दमक ६, झापामा रहेको यस संस्थामा हाल १७ सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् । ८३ जना शिक्षक शिक्षिका र कर्मचारी कार्यरत यस एकेडेमीमा विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी संकाय अध्यापन गराईने जानकारी दिदै प्रधानाध्यापक गुणराज अधिकारीले भने – ‘‘हामी प्राविधिक र व्यवहारिक शिक्षामा जोड दिदै आएका छौं । डिजिटलाइज शिक्षाको युग हो । हामी त्यसतर्फ हाम्रो शैक्षिक गतिविधिलाई जोड दिदै आएका छौं ।’’

कार्यक्रमका केही तस्बीरहरु

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।