शनिबार, ०८ बैशाख, २०८१ 

लिम्बुवान नौ जिल्लामा सक्रिय हुँदै, आन्दोलनको रुपमा क्रियासिल सदस्य बाढ्दै

दमक। विगत ढेड दशक देखि निरन्तर आन्दोलनरत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १०+१ प्रान्तहरुको मध्ये संघीय लिम्बुवान मञ्च अरुण पूर्वको नौ जिल्लामा सक्रिय भएको छ ।

सोमबार झापाको बुद्धशान्तीमा पार्टीको क्रियशिल बितरणसँगै अन्तरक्रिया कार्यक्रम गरेको छ । मञ्चका उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङको प्रमुख उपस्थितिमा क्रियासिल सदस्यता वितरण गरिएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा बुद्धशान्ती ४ मा राय बहादुर कम्फेको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी समेत गठन गरिएको विद्यार्थी नेता मोहन मावोले बताए ।

मञ्चका केन्द्रीय सचिव श्री मान बहादुर साम्बा, सचिवालय सदस्य भक्त मेयाङ्बो, मान बहादुर माबो, जिल्ला सचिव केसव पौडेल लगायत नेताहरुको उपस्थितिमा बुद्धशान्तिमा संगठनलाई मजवुत र सक्रिय बनाउने स्थानीय नेताहरुले प्रतिबद्धता गरे ।

त्यसैगरी आजै संघीय लिम्बुवान मंञ्च नेपाल जिल्ला समिति संखुवासभाले चैनपुर नगरपालिकामा संगठन बिस्तार गर्न घरदैलो कार्यक्रम गरेको छ । उक्त घरदैलो तथा भेटघाट कार्यक्रममा कोरोना संक्रमणका कारण खुलेरै गाउँघरमा हिड्न नसकेता पनि संगठनलाई शसक्त बनाउन राय बहादुर कम्फे लिम्बुको संयोजकत्वमा १९ सदस्यीय समिति गठन गर्दै अबको केही दिनमा संगठनलाई पूर्णता दिने मञ्चका जिल्ला अध्यक्ष निमा शेर्पाले बताए ।
घरदैलो कार्यक्रममा जिल्ला सदस्य हाङ्जित लिम्बू समेतको उपस्थिति थियो । साथै पार्टीको साधारण सदस्यता वितरण र क्रियासिल सदस्य फाराम समेत उक्त भेटघाटमा वितरण गरेको अध्यक्ष शेर्पाले वताए ।

त्यसैगरी संघीय लिम्बुवान मञ्च नेपाल कनकाई–७, वडा कार्य समितिको आयोजनामा गत असोज ३० गते दुर्गापुरस्थित सामुदायिक भवनमा मौलिक चार्डहरुको उपलक्ष्यमा शुभकामना आदानप्रदान, चियापान साथै १ दिने राजनैतिक प्रसिक्षण तथा अन्तर्कृया कार्यक्रम सन्पन्न भएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको मुख्य प्रशिक्षण रहेको उक्त कार्यक्रममा पार्टीका उपमहासचिव भानु भट्टराई, त्यसै गरि केन्द्रीय सचिव राजु राई, सचिवालय सदस्य भक्त मेन्याङ्, जिल्ला अध्यक्ष धनबहादुर पङ्धाक साथै कनकाई नगर अध्यक्ष हङ्बिर कुलुङ राई लगायतको सहभागिता रहेको थियो ।

वडा कमिटी अध्यक्ष बसन्त मेन्याङ्बोको अध्यक्षता साथै वडा सचिव महेन्द्र कन्दङ्वाको संचालन र वडाका उपाध्यक्ष सन्जिव लकान्द्रीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको औचित्य वडा सदस्य गीता नेम्बाङले प्रष्ट पार्नुभएको थियो ।

झण्डै २ घण्टा चलेको प्रशिक्षण कार्यक्रममा प्रशिक्षकद्वय उपमहासचिव भानु भट्टराई र जिल्ला अध्यक्ष धन बहादुर पन्धाकले नेपालको बैकल्पिक शक्तिको रुपमा ०६२ सालमा स्थापित पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपालको नव दर्शन “सह–अस्तित्ववाद”, पहिचानको आन्दोलनको औचित्य र पहिचान सहितको संघीयतामा लिम्बुवानको सम्भावना, महत्व, रणनीति र भावी कार्यदिशाबारे प्रष्ट पार्नुभएको थियो ।
लिम्बुवान मञ्चले आन्दोलनको रुपमा सबै जिल्लाहरुमा क्रियाशिल सदस्य वितरणलाई निरुन्तर बाढ्उँदै लगिएको हुँदा नेताहरु नौ जिल्लामा सक्रिय भएको मञ्चका प्रान्तीय महासचिव अशोक चेम्जोङ्ले बताएका छन् ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।