बिहिबार, ०६ बैशाख, २०८१ 

फाल्गुनन्द साकोसको सपथ ग्रहण र बधाई शुभकामना कार्यक्रम

दमक/दमक ६ स्थित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुको सपथ ग्रहण तथा बधाई शुभकामना कार्यक्रम आज ( बुधबार) सम्पन्न भएको छ ।

दमकमा मुख्य कार्यालय रही झिलझिले, विर्तामोड लगायतका ठाउँमा सेवा केन्द्रहरु सञ्चालन गर्दै आएको सो संस्थाले गत साता सम्पन्न संस्थाको १० औं बार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट आगामी ४ बर्षे कार्यकालका लागि निर्वाचित सञ्चालक समिति, लेखा सुरपरिवेक्षण समितिको सपथ ग्रहण गराइएको छ ।
झिलझिलेस्थित वाटर किङडम पार्क परिसरमा संस्थाका अध्यक्ष पदम लिङदेन ( संकल्प) को अध्यक्षता र जिल्ला सहकारी संघ झापाका लेखा संयोजक समेत रहेका निर्वाचन संयोजक चुडामणी ओझाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मेहेरमान लिङदेन, संविधान सभा सदस्य विश्वदिप लिङदेन लगायतको विशेष आतिथ्य रहेको थियो । सो अवसरमा तत्कालिन सञ्चालक समिति, सेवा केन्द्र सञ्चालक समिति र कर्मचारीहरुलाई समेत खादा ओढाएर सम्मान समेत गरिएको थियो । संस्थाका व्यवस्थापक कुबेर तुम्बापोले त्यस अवसरमा संस्थाको साधारण सभा तथा निर्वाचन, भावी योजना र कार्यक्रमहरुको कार्यान्वयनका सन्दर्भमा समेत समिक्षा गरिएको बताए । संस्थाकी कोषाध्यक्ष फुलकुमारी आङदेम्बेले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव दिलिप जवेगु लिम्बुले गरेका थिए । कार्यक्रममा सूर्यकिरण बचत तथा ऋण सहकारी संस्थाकी ओममाया आङदेम्बे, शिखा सहकारीका प्रितम लिङदेन लगायतको उपस्थिति रहेको थियो ।

सो संस्थाको नयाँ नेतृत्व चयनका लागि गत साता भएको निर्वाचनबाट अध्यक्षमा चौथो कार्यकालका लागि पुन लिङदेन निर्वाचित भएका थिए । निर्वाचनबाट सचिवमा देशराज नेम्बाङ निर्वाचित भएका थिए । संस्थाका सञ्चालक समितिको अध्यक्ष र सचिव वाहेकका अन्य पदहरुमा भने यसअघि निर्विरोध निर्वाचित भएका थिए । सञ्चालक समिति उपाध्यक्षद्धय फूलकुमारी आङदेम्बे र दिलीप जवेगु, कोषाध्यक्षमा संगीता सेरेङ (इक्सा ) र सदस्यहरुमा गुमानसिंह सम्बाहाम्फे,कमला सुब्बा,मनकुमारी पन्दाक बेघा र खड्ग राई रहेका छन् । यस्तै, लिलाराज तुम्बापोको संयोजकत्वमा तीन सदस्यीय एक लेखा समिति पनि निर्विरोध निर्वाचित भएका हुन् । लेखा सदस्यद्धयमा बीरवहादुर लावती र शक्ति वहादुर साम्बा चुनिएका छन ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।