सोमबार, १७ बैशाख, २०८१ 

भ्रामक र तथ्यहिन प्रचारका पछि नलाग्न शेयर सदस्यलाई अध्यक्ष लिङ्देनको अपिल

 

दमक, ६ असोज /  दमकको पुरानो तथा चर्चित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था १०औं बार्षिक साधारणसभाबाट नेतृत्व छनौट गर्ने तयारीमा जुटेको छ ।

संस्थाले सहमतिमा नेतृत्व छान्ने कसरत गरेपनि सहमति जुट्न सकेको छैन । दमक–८ कस्मिक पार्टी प्यालेसमा विहिवार हुने बार्षिक साधारणसभा तथा अधिवेसनमा दुई प्यानल बनेर निर्वाचनको प्रक्रियामा जाने तयारी समेत भइरहेको संस्थाका अध्यक्ष संकल्प लिङ्देनले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष सकल्प लिङदेन र उपाध्यक्ष महेन्द्र चाम्लिङ राईले संहकारी संस्थामा अध्यक्ष पदमा आ–आफ्नो उम्मेद्वारी प्रस्तुत गर्नुभएको छ । लिङदेन अध्यक्ष र सचिवमा देशराज नेम्बाङ सहित सञ्चालक समिति र लेखा समितिको टीम बनाएर निर्वाचन प्रचार प्रसारमा जुटेको सचिबका उम्मेदवार देशराज नेम्बाङले बताउनु भयो ।

अर्का अध्यक्षका दाबेदार चाम्लिङले अध्यक्ष पदमा र सचिव पदमा जीतेन लिम्बूले उम्मेद्वारी सहित दुई पदमा नेतृत्व लिने कसरत अघि बढाएपछि बढेको विवाद सतहसम्म पुगेको छ ।
चाम्लिङले सहकारी संस्थाका अध्यक्ष सकल्प लिङदेन र सचिव दिलिप जबेगुले २०७७ मा दशै पेश्की स्वरुप आर्थिक अनयमिता गरेको आरोपको अध्यक्ष लिङदेनले खण्डन समेत गर्नुभएको छ । अघिल्लो वर्षको खर्च बिवरण अडिट भइसकेको र संस्थाको बुलेटिन बुक मार्फत शेयर सदस्यहरुको हात हातमा पुगिसकेकाले यस्तो आरोपको खेती नगर्न अनुरोध गर्नुभएको छ । उहाँले यस्ता कपोकल्पित, भ्रामक र तथ्यहिन, झुट र मनगणन्ते प्रचारकापछि नलाग्न सम्पूर्ण शेयर सदस्यहरुलाई अध्यक्ष लिङ्देनले आग्रह समेत गर्नुभएको छ ।

अध्यक्ष लिङ्देनले आफूसहित उपाध्यक्ष दिलिप सुब्बा, उपाध्यक्ष फूलकुमारी आङ्देम्बे, सचिव देशराज नेम्बाङ, कोषाध्यक्ष इक्सा सम्वाहाम्फे सहित सदस्यहरु गुमानसिंह सम्बाहाम्फे, वीरबहादुर लावती, कमला योङहाङ, खड्ग राई, यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजक लिलाराज तुम्बापो, सदस्य मनकुमारी पन्धाक र शक्ति साम्बालाई बहुमतले विजयी गराउन अपिल समेत गर्नुभएको छ ।

यस्ता छन् अध्यक्ष लिङ्देनका सम्पन्न र भावी योजनासहितको प्रतिबद्धता –

१, सहकारी संस्था अबको यो कार्यकाल भित्र (मोबाइल एप्स) फाल्गुनन्द स्मार्ट मोबाइल बैकिङ अनलाइन सेवा उपलब्ध गराइने छ । संस्थाबाट पाउने सेवासुबिधा लगायत सबै सुचना प्रवाह जानकारी गराउनको लागि फाल्गुनन्द स्मार्ट मोबाइल बैकिङ सेवा सञ्चालनमा ल्याइने छ ।

२, सहकारी संस्था अब मोबाइल बैकिङ सेवामा सबै सेवा उपलब्ध हुने छ ।

क, घरमा बसेर बिजुली पानीको बिल तिर्न सकिने ।

ख, सबै खालको मोबाइल रिचार्ज गर्न सकिने ।

ग, बिभिन्न नेट टिभिहरुको रिर्चाज गर्न सकिने ।
घ, सदस्यहरुले घरमा नै बसेर हवाइ जहाजको समेत टिकट काट्न सकिने ।

३, अब सहकारीले प्रत्येक बर्ष सहकारी ऐनले तोकेको अधिकतम बोनस १८ प्रतिसत नघटाइकन दिइने छ ।

क) अब हातमा सिप छ पैसा छैन र सिप हुनेहरुलाई हामी स्रोत दिने योजनामा छौ ।

ख) हाम्रा नानीहरुलाई अति राम्रो ज्ञान छ तर उसंग उच्चशिक्षा गर्ने पैसा छैन, पढ्ने पैसा छैन उहाँहरुलाई शैक्षिक कर्जा दिन्छौं ।

ग) अबको युग प्रबिधिक शिक्षाको युग हो भबिश्यमा सस्थाले प्रबिधिक शिक्षा तथा तालिम केन्दहरु नेपाल सरकारको निकाय (ऋत्भ्ख्त्) बाट स्कृती लिइ स्थापना गरि अध्यायन अध्यापन गराइ दक्ष जनशक्ती उत्पादन गर्ने संस्थाको लक्ष्य रहेको छ ।

घ) शेयर सदस्य महानुभवज्यूहरु अब आधुनिक खेतीको लागी मल बिउबिजन र मेसिन समेत उपलब्ध गराउने योजना छ ।

ङ) अग्रानिक सब्जीखेतीहरुको सरल, सुलब र शुफत तरिकाले बिक्रि बितरण गर्न संस्थाले बजारिकरण गरि सदस्य सुबिधा व्यावसायीक सुबिधा उपलब्ध गराइने छ ।

च) रेमिट्यान्स र बिप्रेषण लाई अझ ब्याबस्थित गरिने छ । (सहकारी रेमिट, आईएमइ, सिटि एक्स्प्रेस, मनिग्राम र प्रभु मनिट्रान्फर) पुनः सञ्चालन गगरिने छ ।

४, फाल्गुनन्द उपचार हित कोष तयार गरि प्रत्येक सदस्यहरु बिरामी पर्दा सो कोषबाट उपचार खर्च दिइने छ ।

५, सहकारीको अबको यहि कार्यकालमा ५ अर्बको ब्यालेन्टसिट पुन्याइने छ ।

६, कम्तिमा पनि १० देखि १२ हजार सेयर सदस्य पु¥याइने छ ।

७, संस्थाले सहकारीको जग्गा फाल्गुनन्द चौकको नजिक प्रचलित मामाचौक हाल भानुभक्त चौकमा २१ धुरको जग्गा खरिद गरिएको छ भने यसै बर्षबाट भवन निमार्ण शुरु गरि यस कार्यकाल भित्र सेवा सञ्चालनमा ल्याइने छ ।

८, सस्थाको उदेश्य कार्य क्षेत्र प्रदेसमा सिमित नगरिकन नेपाल भरि हुने छ ।

९, सस्थाको यो कार्यकालमा आफ्नै सवारी साधन हुनेछ ।

१०, सस्थाको यो कार्यकालमा सेवाकेन्द्रहरु १० देखि १५ वटासम्म हुनेछ ।

११, सस्थामा कम्तिमा सञ्चालक र कार्यकर्ता बोर्डमा २५० जना भन्दा धेरै सदस्यहरुले समाज सेवा गर्ने अवसर प्राप्त गरिने छ ।

१२, सदस्यहरुलाई यस बर्षदेखि अरु सहकारीको सोसरह व्याजदर परिमार्जन गरिने छ ।

१३, कर्जा प्रबाह गर्दा यस बर्षदेखि लिइदै आएको २∞ सेवा सुल्कलाई पुर्णरुपमा कटौती गरिएको छ ।

१४, सस्थामा यो कार्यकालमा कम्तिमा १०० जना भन्दा बढि हाम्रा पढेका छन तर रोजगार छैन त्यता बेरोजगारी नानीहरुलाइ रोजगारीको व्यावस्था मिलाइने छ ।

१५, सस्थाको यो साधारणसभा पछि बार्षिक क्यालेन्डर तयार गरि प्रत्येक बर्ष भरिको कार्यक्रमको कार्य सुचि तयार गरि छिटो छरितो रुपमा सेवा प्रवाह गरिने छ ।

१६, सस्थाको कर्मचारीहरुलाई पचास हजारसम्म सवारी साधन किन्न रकम उपलब्ध गराइने छ । र बा“की रकम कर्मचारीले बिना ब्याज किस्ता बन्दीरुपमा आफ्नो तलबबाट कटौती गरि फिर्ता गर्ने सर्तमा सवारी कर्जाको सुबिधा उपलब्ध गराइने छ ।

१७, यो कार्यकालभित्र संस्थाले शेयर सदस्यहरुलाई कर्जाको कर्जा बिमा संस्थाको तर्फबाट गराइने छ ।

१८, सहकारीलाई प्रबिधिमय बनाइने छ ।

क) चेकप्रिन्ट मेसिन । सहकारीबाट अर्को सहकारी र बैकमा समेत पैसा पठाउन सकिने एप्सको व्यबस्था गरिने छ ।

ख) संस्थाको यो कार्यकाल भित्र एटिएम सञ्चालन गर्ने ।

ग) पुर्णरुपमा संस्थालाई डिजिटलमय बनाउने ।

घ) संस्थामा भाबि कार्ययोजना देखि दैनिक कारोबार एलसिडिमा स्क्रिनमा प्रस्तुत गरिने छ ।

१९, संस्थाले सञ्चालनमा लिइएको बिर्तामोड र शिबसताक्षीका सेवाकेन्द्रहरुलाई अझ व्यबस्थित गदै लगिने भने प्रस्ताबित सेवाकेन्द्रहरु

मेचिनगर, भद्रपुर, शनिअर्जुन, कन्काइ र कमल गापा मा सञ्चालनमा ल्याइने छ ।

२०, अबको युग प्रबिधि सगै व्यास्त समयको युग हो सबै ब्यास्त सहर बजारमा घर घरमा डेलिभरी बचत फिर्ता र बचत जम्माको सुबिधा दिइने र व्यास्त बजारमा काउण्टरहरुको व्यावस्था गरिने छ ।

२१, कार्यक्षेत्र इलाम झापा र मोरङ ३ जिल्लामा बिस्तारको निम्ति विशेष पहललाई निरन्तरता दिइने छ । मोरङको उर्लाबारी र मिक्लाजुङ इलामको चुलाचुली र माङसेबुङ रहने छ । यस बर्षदेखि माङसेबुङमा फाल्गुनन्द लघुबित्त कर्जा र साप्ताहिक काउण्टरको व्यावस्था मिलाइने छ ।

२२, फाल्गुनन्द आवास योजना अगाडी बढाइ कम्तिमा २० देखि ५० घर परिवारलाई घरघडेरी दिलाइने छ । यो घरघडेरी लामो र सानो किस्तामा हुनेछ । यस बारे तपाइ हामी र कानुन बिदहरु समेत बसेर कार्यविधि आचार संहिता बनाइने छ र लागु गरिने छ ।

२३, अहिले दिदै आएको विभिन्न सेवामा थप गरिने छ ।

क, सेयर सदस्यको मृत्यु भएमा रु १५००० लाइ थप गरि रु २५ देखि ५० पुर्याइने छ ।

ख, हकवालामा रु १० हजार सम्म पुर्याइने छ ।

ग, सेयर सदस्यहरुलाइ नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट सिफारिस गरिएको १४ वटा प्राण घातक रोगहरुमा रु २५ हजार देखि माथि केहि थप गरिने छ ।

२४, सहकारीले अब नाफा भन्दा सेवा दिन्छ सस्कार दिन्छ प्रबिधि दिन्छ, उधम दिन्छ, व्यवसाय दिन्छ ।

२५, यस बर्षदेखि कर्मचारीहरुको सञ्चय कोष उपदान कोषको समेत व्यवस्था गरिएको छ भने कर्मचारी र सञ्चालकहरुमा समेत दुर्घटना बिमा गरिने छ ।

२६, संस्थाले यस बर्ष भित्र एम्बुलेन्स सञ्चालन गर्ने र सदस्यहरुलाई २० प्रतिशत छुट दिइने छ।

२७, संस्थाले अब बढि भन्दा बढि सदस्य शिक्षा दिइने र अन्तरत्रिया छलफललाइ पहिलो प्राथमिक्ता दिइने छ र सदस्यको इच्छा भावना बुझेर सहकारी नीति अनुसार सदस्यहरुमा फजुल खर्च कटौती गरि बचत गर्ने बानी लगायतको सहकारी सदस्य शिक्षा दिलाइने छ ।

२८, कृषि अनुदान कर्जा, स्वरोजगार कर्जा, साना तथा मझौला कर्जा र ठुला तथा स्मार्ट कर्जाको परिकल्पना गरिएको छ यो सबै कर्जामा सम्बधित निकायहरुमा समन्वय गरि लागु गरिने छ ।

२९, पशुपालन अन्तरगत उन्नत जातका बंगुर गाइ भैसी बाख्रा र पशुपक्षिहरुमा समेत संस्थाले प्राथमिक्तामा राखेर नीति अगाढी बढाइने छ ।

३०, अब सेयर सदस्य महानुभवज्यूहरुमा अफिस आएर सानो कर्जा लिइ रहनु नपर्ने छ । आउदो बर्षदेखि बजार प्रतिनिधिहरुले प्रबन्धकको सल्लाह लिइ फिल्ड बाटै सानो कर्जा लगानी गरिने छ ।

३१, सहकारी यो ४ बर्षभित्र बिभिन्न ब्राण्डमा ब्राण्डेट गराइने छ । प्रोबेसन ब्राण्ड, एसेस ब्राण्ड, लगायतमा सुचिकृत गराउने लक्ष छ ।अब फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले पनि टपटेन भित्र पर्नको लागी भरपुर सबै कसरत गर्ने छ ।

३३, भर्खर झापा मोरङको नया सर्बेक्षत्र अनुसार बार्षिक रुपमा ५०० भन्दा बढि मानिसहरु बिषालु सर्पको टोकाई बाट मृत्यु हुने गर्छन यसकारण बिषालु सर्प भएको जिल्ला भएकोले यस बर्षेदेखि सर्पदंश औषधी खर्च संस्थाले दिलाइने जानकारी गराउ“छु ।

३४, यस बर्षदेखि ७० बर्षेदेखि माथीको उमेरलाई नया शेयर सदस्य लिइने छैन । ८० बर्ष पुगेको शेयर सदस्यलाई मासिक रु ५०० र बर्षको ६००० औषधी खर्च दिइने छ ।

३५, यस बर्षदेखि ७० बर्ष माथिका सदस्यरुलाई कर्जा लगानी गरिने छैन यदि कर्जा भए ७० बर्ष पुग्न ३ महिना अगावै कर्जाको कारोबारमा पुस्ता हस्तान्त्रण गरि ऋण मुक्त बनाइने छ ।

३६, संस्थाले कर्जा बिमा र सेयर सदस्य बिमा गर्ने छ ।

३७, सहकारी संस्थाको जन्म नै विपन्न मजदुर पिछडिएको बर्ग लोपमुख जाती आरक्षित जाती र संरक्षित जातीहरुलाई बिशेष किसिमको सेवा सुविधा दिइने छ ।

 

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।