मङ्गलबार, ०४ बैशाख, २०८१ 

बिर्तामोडका विधालय असोज ४ गतेबाट खुल्ने

झापा । बिर्तामोड नगरपालिकाभित्र रहेका विद्यालयले आगामी असोज ४ गते देखि भौतिक रुपमा प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलाप गर्न पाउने भएका छन् ।

बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा आइतबार बसेको नगर शिक्षा समितिको बैठकले सबै विद्यालयहरुलाई सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड, विद्यार्थी सिकाई सहजीकरण कार्यढाँचा २०७७ र शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको निर्देशिका पुर्णरुपमा पालना गरी विद्यालयहरुको भौतिकरुपमा प्रत्यक्ष पठन पाठन गराउन दिर्नेशन दिने निर्णय गरेको हो ।

बैठकले सामुदायिक विद्यालयहरुले शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न अभिभावक भेलाबाट स्वीकृत भएको अभिभावक सहयोग बाहेकका अन्य कुनै पनि प्रकारको शुल्क नउठाउन निर्देशन दिने निर्णय गरेको छ । यस्तै संस्थागत विद्यालयहरुले आफुले लिने शुल्क र अन्य आम्दानी र खर्चको सम्पुर्ण लेखा श्रेस्ता राखी खर्च र आम्दानीको विवरण तयार गरी सम्बन्धित संस्थाहरुसँग छलफल गर्ने गराउने निर्णय गरेको छ । बैठकले सबै विद्यालयहरुलाई पाठ्यक्रम विकास केन्द्र सानो ठिमी भक्तपुरबाट स्वीकृत पाठ्यपुस्तक,सन्दर्भ सामाग्री बाहेकका कुनै पनि सामग्रीहरु पठनपाठन नगराउन निर्देशन दिन पनि निर्णय गरेको छ ।

यस्तै आइतबारको बैठकले आचरण सचेतना शिक्षाको कक्षा १–२ को पाठ्यक्रम र पाठ्यपुस्तकको सम्वन्धमा गत वर्ष २०७७मा निर्माण गरीएको समितिलाई निरन्तरता दिने र उक्त समितिले आवश्यकता अनुसार विज्ञ सदस्य थप गरी कार्य गर्ने र कक्षा १ र २को पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण साथै कक्षा ३ देखि ८ सम्मको पूनरावलोकनको कार्य समेत गर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको छ । नगर शिक्षा समितिको बैठकले विद्यालयहरुमा प्रत्यक्ष सिकाई सञ्चालन शुरु भएपछि शिक्षा,यूवा तथा खेलकुद शाखाबाट अनुगमन गरी प्रतिवेदन पेश गर्ने समेत निर्णय गरेको हो ।

विद्यालयहरुमा कोभिड –१९को महामारीकोकारण लामो समयदेखि प्रत्यक्षरुपमा हुने पठन पाठन ठप्प रहेको छ । पछिल्ला दिनहरुमा संक्रमितको संख्या घट्दै गएका कारण स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खुलाउन लागिएको बिर्तामोडका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिए ।

बैठकमा नगरप्रमुख ध्रवकुमार शिवाकोटी,उपप्रमुख पवित्रा महतरा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहाल,शिक्षा शाखा प्रमुख तथा उपसचिव तिलचन भण्डारी,समितिका सदस्य गुरुभक्त न्यौपाने,कृष्णप्रसाद पाठक,युवराज कट्टेल,निता घतानी,द्रौपदी गणेश,संगीता सिवा,शाखा अधिकृत देवराज कार्की,दिनेश प्रसाद आचार्य र कर्मचारी मित्रलाल ओलीको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।