बिहिबार, १३ बैशाख, २०८१ 

भारतीय कप्तान सुनिल क्षत्रीले नेपाल विरुद्ध शानदार गोल गरे तर, सेलिब्रेसन गरेनन् ! कारण यस्तो

आइतबार नेपाल र भारतबीच भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल २-१ ले पराजित भयो।

भारतका लागि फारुख चौधरीले ६३ औं र कप्तान सुनिल क्षेत्रीले ८० औं मिनेटमा गोल गरे। भने,  २- ० ले पछि परेको नेपालका लागि ८७ औं मिनेटमा तेज तामाङले गोल फर्काएर २- १ को नतिजामा ल्याए ।

संसारका जो कोही खेलाडीले आफूले गोल गरेपछि केही समय सेलिब्रेसन गर्छन् । जुन भारतको तर्फबाट पहिलो गोल गरेका फारुख चौधरीले पनि गरे, र नेपालका लागि एक गोल फर्काएका तेज तामाङले पनि गरे।  तर, टिमका कप्तान सुनिल क्षत्रीले भारतलाई २-० ले अगाडि बढाउँदै गर्दा आफूले गोल गरेपनि कुनै सेलिब्रेसन गरेनन् ।

नेपाली मूलका भारतीय खेलाडी सुनिल क्षेत्रीले नेपालविरुद्ध गरेको गोल आफ्नो करियरकै सुन्दर गोल थियो । उनले मैदानको मध्य भागबाटै बललाई अघि बढाएर निकै शानदार फिनिसिङ गरेका थिए । नेपालविरुद्ध उनले गरेको यो पाँचौँ गोल हो ।

सुनिलले उक्त गोल गरेपनि खुसीयाली मनाएनन् । सुनिलकी आमाले कुनै समय नेपालको महिला टोलीबाट खेलेकी थिइन् ।

सुनिलका हजुरबा नेपालको ताप्लेजुङ जिल्लाबाट बेलायती–भारतीय सैनिकमा भर्ती हुन गएका थिए । सायद आफ्ना बाबु बाजेको भूमि भनेर पो सुनिलले नेपाल विरुद्ध गोल हान्दा खुसियाली मनाएनन कि ?

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।