शुक्रबार, ०९ चैत, २०८० 

इलामको माङ्सेबुङ गाउँपालिका वडा नं ६ र पाँचथरको मिक्लाजोङ गाउँपालिका वडा नं ५ को सीमानामा पर्छ ‘तीनथुम्की डाँडा’ ।
तीनथुम्की डाँडा समुद्री सतहदेखि करिब तीन हजार मिटर उचाइमा अवस्थित छ । यो डाँडाको टुप्पोबाट हेर्दा तीन वटा थुम्कीहरु देख्न सकिन्छ । त्यही तीन वटा थुम्कीहरु देखिने भएकोले यस डाँडालाई तीनथुम्की डाँडा नामाकरण गरिएको जानकारहरु बताउँछन् । हरियाली वनपाखा, स्वच्छ, सितल र शान्त वातावरण यहाँको मुख्य आर्कषण हो ।

तीनथुम्की डाँडा गोब्रे सल्ला, खोटे सल्ला, उतिस, कट्टुस, केसरी, काफल, खराने, झिङ्गुने, विलौने, घुर्पिस, गुराँस जस्ता धेरै भन्दा धेरै प्रजातिको विभिन्न रूख बिरुवाहरुले सजिएको छ ।

फाल्गुन÷चैत महिनामा यो डाँडाको पश्चिमी पाटोमा झपक्कै लालीगुराँस फुलेको रोचक दृश्य देख्न सकिन्छ । त्यहाँका पाखा भित्ताहरुमा होँचा बोटहरुमा झपक्कै लालीगुराँस फुल्दा तीन थुम्की डाँडा कुनै शृङ्गारिएकी बेहुली भन्दा कम देखिँदैन । समुद्री सतहबाट निक्कै माथि लेक र रुखो माटो भएका कारण कुनै पनि प्रजातिका बोटबिरुवा हलक्क बढ्न सकेका हुँदैनन् । अरु बोटबिरुवाहरुको तुलनामा लालीगुराँस अझ होँचो बोटमा फुल्दछ र झन धेरै आर्कषक देखिन्छ । विश्व जलवायु परिवर्तनका कारण वातावरणमा प्रभाव पर्दै गएको छ । जुन विश्वका लागि नै गम्भीर चिन्ता र चुनौतिको विषय पनि हो । यहि असर वनस्पतीमा पनि देखापर्न थालेको हुन सक्छ ।

जैविक, प्राकृतिक स्रोत र सम्पदाले भरिपूर्ण छ ‘तीनथुम्की डाँडा’ । घुम्दै जाँदा बसौं बसौं लाग्ने मनोरम हरिया चौरहरु अनि मनै फूरुङ्ग बनाउने वंैशालु चियाका बोटहरु भेटिन्छन् ।

तीनथुम्की डाँडाको उचाईबाट चारैतर्फ दृश्यावलोकन गर्दा खुब आनन्द आउँछ । चाँदी झंै टल्किने हिमशृङ्खलाहरु, तराईका सुन्दर हरिया फाँटहरु अवलोकन गर्दाको मस्ती बेग्लै हुन्छ । सुदुरपूर्वतिरका रमाइला डाँडापाखा अनि बिहानीको सूर्योदय हेरिरहुँ लाग्छ ।
बिगतमा साथीहरुसँग तीनथुम्की डाँडादेखि सूर्योदयको मनमोहक दृश्यावलोकन गरेको छु । अझै मेरो आँखामा ती दृश्य ताजै छन् । त्यो कलिलो सूर्य अनि पूर्वको रक्तिम क्षितिजको रोमाञ्चक दृश्यहरु । सूर्य उदाएको त एकपटक हेर्नैपर्छ । किनकि सूर्य बिना मानव जीवनको कल्पना गर्न सकिँदैन । न त विश्व चराचर जगत सकल प्राणीहरुको नै कल्पना गर्न सकिन्छ । आज हामी छांै, सूर्य हुनु कै कारणले छौं । त्यसैले हाम्रो जीवनको मुख्य स्रोत सूर्यलाई उदाउँदै गरेको हेर्नु राम्रो कुरा हो । फेरि सूर्य उदाएको हेर्नुको धेरै फाइदाहरु पनि छन् । ज्योतिष शास्त्रका अनुसार बिहान उठेर सूर्यलाई प्रणाम गर्दा कतिपय नराम्रा ग्रहहरु हट्छ । वैज्ञानिकहरुका अनुसार घामको बिहानी किरणबाट ‘भिटामिन डी’ लगायत शरीरलाई फाइदा पु¥याउने तत्वहरु प्राप्त हुन्छन् । बिहानीको रातो सूर्यको किरण अनि साँझ सूर्य अस्ताउँदै गरेको रातो सूर्यको किरण मानव स्वास्थ्यको लागि फाइदाजनक हुन्छ भन्ने तथ्य वैज्ञानिक अनुसन्धानबाट पत्ता लागेका छन् ।

यस डाँडाबाट सूर्यास्तको दृश्यावलोकन गर्दा पनि उस्तै आनन्द मिल्छ । त्यो अवसर मैले पनि प्राप्त गरेको छु । सूर्य अस्ताउने बेलामा बिहान उदाउँदाको झंै कलिलो हुन्छ । अस्ताउँदो सूर्यका रङ्गीन किरणहरु बादलसँग मिसिएर बनेका अमूर्त आकृतिहरु सुनौलो, पहँेलो, बैगुने, खैरो, कलेजी रङहरुमा देखिँदाको मादकता कहिले बिर्सन सकिँदैन । ओहो ! त्यो गोधुली साँझ । अँध्यारोले उज्यालोलाई क्रमशः निल्दै गएको बखत बनेको तस्वीर हृदयको कुनै पानामा कैद गरौं झैं लाग्दछ । मानौ अर्को सुन्दर सम्भावना भएर जन्मने आशामा एउटा उदाउँदो सपनाले विश्राम लिए जस्तै ।

सुर्यास्त साँझ । सप्तरङ्गी किरण मुलायम बादलका टुक्राहरुमा रङ भर्दै, हावाको लयमा नाचिरहेको दृश्य हेर्दा कविता र गीतका बान्कीहरुमा डुबुल्की खेल्न मन लाग्दछ । कुनै आकृति बिना नै बनेका सुन्दर आकृतिहरु । जस्तो सम्झ्यो उस्तै आकृति देखिन्छ ।
आमाको ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।