शनिबार, ०८ बैशाख, २०८१ 

बीएण्डसी अस्पतालको जवाफ आयो ‘श्रेष्ठ दम्पतिलाई बन्धक छैनौँ’

बिर्तामोड– झापा बिर्तामोडको वीएण्डसी टिचिङ हस्पिटल प्रशासनले उपचार खर्च तिर्न नसकेर दम्पतिलाई बन्धक बनाइएको भनिएको समाचारको खण्डन गरेको छ । पीडित पक्षको समेत सहभागितामा पत्रकार सम्मेलन गरी अस्पताल प्रशासनले उक्त समाचारको सत्यतामाथि प्रश्न उठाएको हो ।

राजधानीबाट प्रकाशित केही सञ्चारमाध्यमले दुर्घटनामा घाइते भएका झापा शिवसताक्षी–२ का यामबहादुर श्रेष्ठ र उनकी श्रीमती सनमलाई अस्पतालले उपचार खर्च तिर्न नसकेपछि बन्धक बनाएको समाचार प्रकाशन प्रशारण गरेका थिए ।

अस्पतालका जनसम्पर्क अधिकारी प्रोमिश गिरीले श्रेष्ठ दम्पतिलाई अस्पतालले बन्धक नबनाएको बताए । ‘उहाँहरुलाई ठक्कर दिने ट्रक मालिक सम्पर्कमा नआएको र घटनाका विषयमा प्रशासनमा मुद्दासमेत चलिरहेकाले उहाँहरु यही हुनुहुन्छ’, गिरीले भने, ‘पैसा तिर्न नसकेर अस्पतालले बन्धक बनाएको भन्ने खवर गलत हो ।’

पीडित पक्षले पनि अस्पतालले बन्धक बनाएको भन्ने समाचार आफैँमा गलत भएको जनाएको छ । ‘दाजुभाउजुको ज्यान बचाउन अस्पतालले खेलेको भुमिका मेरो जीवनका लागि एउटा खुसीको क्षण हो’, यामबहादुरका भाई खेमबहादुरले भने ‘वीएण्डसीले गर्दा नै आज दाजुभाउजु मृत्युको मुखबाट फर्किनु भएको छ ।’

सञ्चारमाध्यममा श्रेष्ठ दम्पति बन्धक बनाइएको समाचार आएकोप्रति आपत्ति जनाउँदै उनले समाचार प्रकाशनका लागि कहीँकतै कसैलाई अनुमति नदिइएको बताए । ‘ठक्कर दिने ट्रक मालिक सम्पर्कमा नरहेको र प्रशासनमा मुद्दा चलिरहेकाले हामी आफैँ अस्पतालमा दवावका लागि बसिरहेका छौँ’, उनले भने ‘मुद्दा टुङ्गिना साथ निस्कन सक्छौँ । अस्पतालले रोकेको छैन ।’

पीडितका मामा कृष्णकुमार राईले पीडित परिवारले अनुमति नदिँदा नदिँदै नियोजित रुपमा समाचार प्रकाशन भएकोेप्रति आपत्ति जनाए । गत फागुन १९ गते पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको कनकाईमा को १ ख १६८४ नम्वरको ट्रकले प्रदेश १–०१–००१ च ०१६७ नम्बरको कार र प्रदेश १–०१–०१३ प १७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

उक्त ट्रक बिराटनगरस्थित रिजाल ग्याँस उद्योग हो । घटनापछि उद्योगका तर्फबाट पीडितको उपचारका लागि डेढलाख रुपैयाँ जम्मा भएको थियो । त्यस यता लामो समयदेखि उद्योगपक्ष अस्पताल र विरामीको सम्पर्कमा छैन ।

 

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।