बिहिबार, ०६ बैशाख, २०८१ 

गण्डकीका ग्रामीण भेगमा खाद्यान्न ढुवानीमा सकस : बाढी-पहिरोको असर

१५ भदौ, पोखरा । मनसुनको शुरुवातमै आएको बाढी पहिरोले गण्डकी प्रदेशभरमै मनाङ जिल्लाले ठूलो क्षति व्यहोर्‍यो । मानवीय नभए पनि अर्बौंको भौतिक क्षति मनाङले व्यहोर्‍यो । बाढी पहिरोकै कारण जिल्लाका मुख्य सडकहरु भत्किए भने दर्जन बढी झोलुंगे पुल पुनर्निर्माण नै गर्नुपर्ने अवस्थामा पुगे ।

बाढी पहिरोले मनाङलाई बाहिरी जिल्लासँग जोड्ने मुख्य सडकमा क्षति पुगेकाले त्यहाँ खाद्यान्न ढुवानी गर्नै समस्या भएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को नेतृत्वमा केही समय अघि गठित समितिले तत्काल बाटो नखुले माथिल्लो भेगमा भोकमरी नै फैलिने प्रतिवेदन तयार पारेको थियो ।                                                                                                                                                ल बिग्रेका सडकलाई सामान्य मर्मत गरी खच्चडसम्म हिँड्ने बनाए पनि सहज रुपमा खाद्यान्न ढुवानी गर्न भने समस्या रहेको मनाङका प्रजिअ विष्णु लामिछाने बताउँछन् । ‘बाटो बिग्रेकाले बजारमा खाद्यान्न अभाव छ । तर, घरघरमा भने राहतले काम चलिरहेको छ,’ उनले भने, ‘लामो समयको प्रयासपछि कोत्रोसम्म अहिले गाडी आउने भएको छ । त्यहाँबाट खच्चड हिँड्ने बाटो बनाएर सदरमुकाम चामेसम्म खाद्यान्न ढुवानीको व्यवस्था मिलाएका छौं ।’

असारको पहिलो हप्ता बाढी र पहिरोले ठूलो क्षति व्यहोरेको मनाङमा बिग्रिएका भौतिक संरचना पुनर्निर्माणको काम चल्दै थियो । तर, फेरि केही दिनयताको अविरल वर्षाले असर पुर्‍याएको लामिछाने बताउँछन् । ‘अहिले फेरि घोप्टेभीरमा पहिरो खसेको छ । ठूलो ढुंगो खसेको रहेछ, हटाउने काम भइरहेको छ,’ उनले भने ।

खाद्यान्न अभाव हुन नदिन थोरङलाबाट पनि सामान ढुवानी गर्ने काम भइरहेको प्रजिअ लामिछानेले बताए । थोरङबाट घुमाउरो बाटो प्रयोग गरी ग्यास, खाद्यान्न ढुवानी गर्नुपर्दा वस्तुको मूल्य पनि बढेको उनको भनाइ छ । ‘सबैभन्दा बढी ग्यासको मूल्य बढेको छ । एउटै ग्यास सिलिन्डरको ३ हजारसम्म मूल्य पर्न गएको छ,’ उनले भने ।

मनसुनको शुरुवातमा बाढी पहिरोले ठूलो क्षति पुर्‍याएको अर्को स्थानीय तह गोरखाको चुमनुब्री गाउँपालिका हो । जिल्लाकै ग्रामीण भेग र त्यसमाथि गाउँपालिकासँग जोड्ने सडक सञ्जाल सञ्चालन हुन नसक्दा गाउँ नै भोकमरीमा पर्ने देखिएको छ ।

चुमनुब्री ६ र ७ पुग्ने बाटो तथा पुल पहिरोले पूर्ण रुपमा क्षति पुर्‍याएकाले रित्तै आउजाउ गर्न पनि समस्या रहेको गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । ‘त्यहाँ (६ र ७ नम्बर वडा) पुग्ने बाटो र झोलुंगे पुल सबै बगाइदियो । सामान्य मान्छे रित्तै हिँड्न सक्छ । तर, भारी बोकेर हिँड्नै नसक्ने अवस्था छ,’ उनले भने, ‘बीचमा लगेको केही खानेकुराले नै अहिले जेनतेन चलाउने काम भइरहेको छ ।’

ती दुईवटा वडामा खाद्यान्न अभावले चरम रुप लिने देखिएपछि तत्काल पुनर्निर्माण गरेर सहज वातावरण बनाउन गृह मन्त्रालयलाई पनि पत्र पठाउने तयारी गरिरहेको गाउँपालिकाले जनाएको छ । निरन्तरको वर्षाका कारण पुनर्निर्माणको काम पनि शुरु हुन नसकेको अध्यक्ष गुरुङले बताए । ‘पानी परेको पर्‍यै भएर पनि समस्या छ । मौसम केही सुधार भयो भने गाउँपालिकाका प्राविधिक पठाएर भए पनि केही गर्ने योजनामा छौं उनले भने ।

मनसुनकै शुरुवातमा आएको बाढीपहिरोले सडकमा क्षति पुर्‍याएपछि बागलुङको ग्रामीण भेग कुश्मीसेरा क्षेत्रमा समेत खाद्यान्न ढुवानी गर्न समस्या भएको छ । सहयोगी राखेर सामान ढुवानी गर्नुपर्दा वस्तुको मूल्यसमेत महंगो परेको त्यहाँका स्थानीयले बताएका छन् ।

बाढी पहिरोले क्षति पुर्‍याएर ढुवानीमा समस्या भए पनि खाद्यान्न अभाव भएको सूचना नआएको प्रदेश सरकारले जनाएको छ । मनाङवासीले आफैं हेली ‘रिजर्भ’ गरेर खाद्यान्न ढुवानी गर्न सक्ने र चुमनुब्रीमा केही समयअघि नै प्रदेश सरकारले राहत पुर्‍याएकाले आफूहरुसँग सूचना नआएको प्रवक्ता कुमार खड्का बताउँछन् ।

‘मनाङवासीको अन्तर्राष्ट्रियस्तरमै पहुँच रहेको छ । उहाँहरुले हेलिकप्टरै रिजर्भ गरेर खाद्यान्न लगिराख्नु भा’छ,’ भौतिक पूर्वाधारमन्त्री समेत रहेका प्रदेश सरकारका प्रवक्ता खड्काले भने, ‘चुमनुब्रीको कुरा सीडीओ सा’बबाट खबर आउने हो । त्यस्तो केही जानकारी आएको छैन ।’

ढुवानी समस्याकै कारण खाद्यान्न अभाव हुने देखिए हेलीबाटै तारजाली पुर्‍याएर भए पनि जनताको सुरक्षाको जिम्मेवारी लिने प्रवक्ता खड्काले सुनाए । ‘त्यस्तो केही अभाव भएको कुरा आयो भने जनताको जीउधनको सुरक्षा गर्न जसरी पनि लागिपर्छौं । हाम्रो पहिलो प्राथमिकता नै जनता हुन्,’ उनले भने, ‘तर, सिडिओ सा’बबाट त्यस्तो केही खबर आएको छैन ।’

प्रदेश सरकारले बाढी पहिरोबाट विस्थापित भएकालाई पुनस्र्थापना गर्न मनाङवासीलाई प्रति परिवार २ लाख र बाँकी जिल्लालाई एक लाख राहतको व्यवस्था गरेको छ । कार्यविधिअनुसार एक लाखसम्म दिन मिल्ने भए पनि मनाङका केही गाउँ नै स्थानान्तरण गर्नुपर्ने भएपछि मन्त्रिपरिषद्ले निर्णय गरेरै दुई लाख दिने निर्णय गरेको प्रवक्ता खड्काले बताए ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।