चुलाचुली । ईलामको चुलाचुली गाउँपालिकामा सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सावधानिका साथ सबै विध्यालयहरु सञ्चालन भएका छन् ।
कोरोनाका कारण पछि परेको नयाँ शैक्षिक शत्र सञ्चालनका लागी सरकारले स्थानिय तहहरुलाई निर्देशन दिएसंगै चुलाचुलीले आफ्नो गाउँपालिका भित्र रहेको सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु सञ्चालन गरेको हो ।
जनप्रतिनिधि, अभिभावक संघ, सामाजिक सुरक्षा समिति, विद्यालय सञ्चालक तथा सरोकारवाला निकायहरूसंगको छलफल पछि विद्यालय सञ्चालन सुरु गरिएको गाउँपालिकाको शिक्षा अधिकृत रामप्रसाद मिश्रले जानकारी दिएका छन् । गाउँपालिकामा रहेको २१ वटा सामुदायिक र ६ वटा संस्थागत विद्यालय प्रतिनिधीहरूको सुझाव अनुसार आवश्यक सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गरिएको उहाँले बताउनु भयो ।
बाल विकास तर्फका कक्षा नर्सरी, एल केजी र यु केजीलाई विद्यालयमा सन्चालन नगरि घरैमा वैकल्पिक पठन पाठनको व्यावस्था मिलाईएको र कक्षा एक देखि कक्षा १२ सम्म भने जोर बिजोर प्रणालीबाट दैनिक दुई शिफ्टमा कक्षा सन्चालन गरिएको शिक्षा अधिक्रित मिश्रले बताउनु भयो । पहिलो शिफ्ट बिहान १० बजे देखि १२ः४० सम्म र दोश्रो शिफ्ट दिउसोको १ बजे देखि ४ः२० सम्म सन्चालन गरिएको उहाँले जानकारी दिनु भयो ।
बिद्यालय सञ्चालन गर्दा आवस्यक पर्ने स्वास्थ्य सुरक्षाका सामग्रीहरु मास्क, सेनिटाइजर, साबुन, सिटामोल तथा थर्मल गनहरू गाउँपालिकाको तर्फबाट विपद व्यावस्थापन समितिले उपलब्ध गराएको शिक्षा अधिक्रित मिश्रले बताउनु भयो ।