दमक । यामाहा नेपालले नयाँ रे जेडआर १२५ एफआई स्कुटर बजारमा ल्याएको छ । ७ असोजमा भर्चुअल विधिबाट कम्पनीले लञ्च गरेको सो स्कुटरको आज यामाहा नेपालको दमकस्थित सो रुम क्रिसभ कमर्सियल कम्पनी लिमिटेडमा समेत लञ्च गरिएको छ ।
नयाँ रे जेडआर १२५ एफआईको यो नयाँ स्कुटरको स्टाइल र फिचरका बारेमा समेत जानकारी गराइएको थियो । क्रिसभ अर्थात यामाहा सोरुम दमकका सञ्चालक सञ्जु पराजुली र बजार प्रतिनिधि अकिंत खतिवडाले एक कार्यक्रमका बीच सो स्कुटर सार्वजनिक गरेका थिए ।
नयाँ रे जेडआर १२५ एफआईमा मेजर रिफाइनमेन्टहरु गरिएका छन् । यो सेग्मेन्टकै सबैभन्दा छिटो पिकअप लिने स्कुटर हो जसले मात्र ७.५९ सेकेन्डमा ६० किलोमिटर प्रति घन्टाको गतिलिन सक्छ । साथै यसको माइलेज पनि सबैभन्दा बढी, ५८ किलोमिटर प्रति लिटर रहेको छ । अन्यफिचरहरु पनि अघिल्लो रे जेडआरको भन्दा उत्कृष्ट रहेको कम्पनीले जनाएको छ ।
यसमा १२५ सीसीको बीएस ६ कम्प्ल्यान्स यामाहामा प्याटेन्डेड ब्लुकोर एफआई प्रविधिसहितको इन्जिन लगाइएको छ । साथै, अंग्रेजीअक्षर ‘वाई’ आकारको नयाँएलईडी लाईट, नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाईट स्टार्टअपको लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टम जस्ता आधुनिक र सुविधाजनकफिचर रहेका छन् । यसको वजन ९९ केजीमात्र रहेको छ जसले यसलाई १२५ सीसी स्कुटर सेग्मेन्टको सबैभन्दा हलुका स्कुटर बनाएको छ ।
विर्तामोडमा पनि नयाँ स्कुटरको बिक्री खुला
यामाहा कम्पनीको नयाँ स्कुटर रे जेडआर १२५ एफआइ बिर्तामोडमा सार्वजनिक भएको छ । यामाहाको आधिकारिक बिक्रेता सयपत्री ट्रेड लिंकले नयाँ स्कुटरको बिक्री खुला गरेको छ । एक कार्यक्रमका बीच आज बिहीबार राष्ट्रिय कलाकार विल्सन विक्रम राई, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र सञ्चालक विनोद बस्नेतले स्कुटरको अनावरण गरेका थिए । स्कुटरको बजार मूल्य २ लाख ५४ हजार ९०० रूपैयाँ रहेको छ ।