दमक/झापाको दमक ५ मा एकैदिन समुदायका एक पुरुष ५ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापन समितिका सचिव कुबेर भट्टराईका अनुसार दमकमा थपिएका सबै वडा नं ५ का हुन् ।
दमक नगरमा अहिले सम्म ११३ जनाले कोरोना जितेर घर फर्किएका छन । भने ३० जना उपचारका क्रममा छन । दमकमा अधिकांश कोरोना पोजिटिभ देखिएकाहरुको उपचार होम आइसोलेसनमै भइरहेको बताइएको छ । हालसम्म दमक नपाले २७०८ जनाकाे पिसिआर टेष्ट गरिसकेकाे छ भने ३४ जना क्वारिन्टेनमा बसेका छन् ।
नगरपालिकाका कर्मचारीमा पनि संक्रमण, लेखा शाखा बन्द
यसैबीच दमक नगरपालिकाका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको लेखा शाखा बन्द गरिएको छ । सो शाखामा कार्यरत सबै कर्मचारीहरु आइसोलेसनमा छन । गत भाद्र २६ गते नमुनाको परिक्षण गर्दा ति कर्मचारीमा कोरोना देखिएको हो ।
कर्मचारी तथा अन्य व्यक्तिको कन्ट्याक ट्रेसिङ्ग गरी नमुना लिने र लेखा शाखा तथा कन्ट्याक ट्रेसिङ्गमा परेका कर्मचारिहरुलाई आइसोलेसनमा राख्ने निर्णय भएको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिइन ।