कमल/ झापाको कमल गाँउपालिकामा जनता समाजपादी पार्टी कमल गाँउ कमिटी अन्तरगत ४ नम्बर वडाको समायोजन कमल गाँउपालिका ४ स्थित किरात भवनमा आयोजित वडा भेलाले सम्पन्न गरेको हो ।
जनता समाजवादी पार्टी झापाका अध्यक्ष दिपेन बाला राइको प्रमुख आतिथ्यतामा सम्पन्न समायोजन भेलाले लीला बहादुर राइको अध्यक्षतामा १३ जनाको वडा समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रह्लाद लिम्बु , सचिव धर्मेन्द्र राइ, सहसचिव दिलिप लिम्बु र कोषाध्यक्षमा कल्पना मगर रहेका छन । त्यस्तै सदस्यहरुमा बुद्धी लिम्बु , धनराज राइ, पर्वत राइ, हस्त बहादुर राइ, निमा राइ, प्रताप राइ, मिन्टप राइ र नर बहादुर भुजेल रहेका रहेका छन ।
उक्त सम्पन्न भेलाले चन्द्रबहादुर राइको संयोजकत्वमा तीन सदस्यीय सल्हाकार समिति गठन गरेको छ । सल्लाहकार सदस्यहरूमा प्रेमकुमार राइ र लक्ष्मी राइ रहेका छन् । केन्द्रबाट समायोजन निर्देशिका जारी गरेसँगै जसपा झापाले समायोजन तथा संगठन निर्माणका गतिबिधिहरुमा सक्रियता बढाएको छ ।
आज सम्पन्न कार्यक्रममा कमल गाँउपालिकामा क्रियाशिल साबिकका दूबै पार्टी अध्यक्षहरु पार्टीका प्रदेश तथा जिल्लाका नेता तथा युवाका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा पार्टीका प्रदेश सदस्यहरु भिमराज राइ, दिनेश दँगाल, जिल्ला अध्यक्ष दिपेन बाला राइ, युवाका प्रदेश अध्यक्ष रोशन लिम्बु लगायतले पार्टी तथा संगठनको बारेमा आ–आफ्ना धारणा राखेका थिए ।