दमक। झापामा आज शुक्रबार थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार पछिल्लो २४ घन्टामा ९ महिला र ५ पुरुष गरि जम्मा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संकमित हुनेहरुमा बिर्तामोडमा २ जना, मेचीनगरमा ३ जना र दमकमा ९ जना रहेका छन् । मेचीनगरका २ जना भारतबाट आएका हुन् भने १२ जना स्थानीयमा कोरोना पुष्टि भएको चौलागाईले जानकारी दिए ।
योसंगै झापामा जम्मा संक्रमितको संख्या ७ सय ३९ पुगेको छ । संक्रमित मध्ये ५ सय २५ जना उपचारपछि घर फर्किएका छन् ।
जिल्लामा ३ जनाको कोरोनाकै कारण मृत्यू भएको छ ।