विर्तामाेड । झापाकाे विर्तामाेड नगरपालिकाको आर्थिक वर्ष ०७७/०७८ को बार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ ।
नगर प्रमुख ध्रुबकुमार शिवाकोटीको अध्यक्षता साथै प्रदेश १ सदस्य एकराज कार्कीकाे प्रमुख आतिथ्यतामा सम्पन्न सार्वजनिक कार्यकममा चालू आर्थिक वर्षका लागि १ अर्ब १५ करोडको बजेट सार्वजनिक गरेकाे छ ।
बार्षिक नीति निती तथा कार्यक्रम र बजेट उप-प्रमुख पबित्रा महताराले पाचौं नगर सभामा प्रस्तुत गरेकी थिइन । सो बजेट तथा नीति कार्यक्रम छलफल पश्चात् पारित गरिएको हो ।
नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा प्रमुख अतिथि समेत रहेका प्रदेश १ सदस्य एकराज कार्की, नगर प्रमुख शिबाकोटि, नेकपा नगर अध्यक्ष ज्ञानुराम प्रसाइ, नेपाली काङ्ग्रेस नगर सभापती भोजराज सिटौला लगायले मन्तव्य राखेका थिए ।
यसैबीच अढाइ बर्स अघिदेखि विर्तामोडमा कार्यरत प्रमुख प्रसासकिय अधिकृत पशुपति खतिवडाको अनिवार्य अबकास पछी बिदाइ गरिएको छ । नगरले एक कार्यक्रमको आयोजना गरि खतीवडाको बिदाई गरिएको नगरपालिकाका सुचना अधिकृत जय तिम्सिनाले बताएका छन् ।