बिराटनगर । प्रदेश १ सरकारले प्रदेश स्तरीय एक हजार बेडको आइसोलेसन मोरङको बिराटनगरमा बनाउने निर्णय गरेको छ ।
बिहीबार बसेकाे प्रदेश स्तरीय सिसिएमसीको भर्चुअल बैठकले बिराटनगरका कम्तिमा एक हजार बेड हुने गरी आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको हो ।
बैठकमा मुख्यमन्त्री शेरधन राईले एक हजार बेड क्षमताको थप आइसोलेसन केन्द्र तत्काल निर्माण गरिने बताए हुन् । आइसोलेसन निर्माणको जिम्मा सामाजिक विकास मन्त्रालयलाई दिने बताएका छन् । आइसोलेसन संचालनकाे लागि स्थानीय गाउँपालिका, नगर, उपमहानगर, महानगरपालिका, निजी क्षेत्र लगायतसँग समन्वय र साझेदारीमा सञ्चालन गरिनेछ ।
बैठकले प्रदेश १ भित्र लकडाउन, निषेधाज्ञा, कर्फ्यू आदिलाई क्रमशः हटाउँदै जाने, संक्रमण देखिएका स्थानमा मात्र सिल गर्ने निर्णय पनि गरेको छ ।