दमक। झापाको दमकमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दमक नगरपालिकाको क्वारेन्टाइन ब्यवस्थापन समिति सचिव कुवेर भट्टराईका अनुसार यसअघि संक्रमण देखिएकाहरुको कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गर्दा २ जना क्वारिइन्टेनमा बसेका र ७ जना कन्ट्रयाक ट्रेसिङ् मार्फत स्थानीय समुदायबाट गरि जम्मा ९ जनामा कोरोना संक्रमण देखिएको हो ।
जम्मा ११६ जनाको स्वाब परीक्षणका लागि पठाईएकोमा नौ जनामा कोरोना पोजेटिभ देखिएको हो । आज थपिएकासंगै दमकमा कुल संक्रमितको संख्या १०६ पुगेको छ । जस मध्ये हिँजो सम्ममा ५२ जना उपचार पछि निको भएर डिस्चार्ज भइ घर फर्किएका छन् ।