तेह्रथुम/ छथर गाउपालिकाले पत्रकार प्रकाश पाक्साँवालाई सम्मान गरेको छ । ग्रामिण क्षेत्रमा रहेर पत्रकारिताको माध्यमद्धारा गाउपालिकाका हरेक सकरात्मक क्रियाकलापहरुलाई बिभिन्न संचारमा संप्रेषण गरेर समृद्ध छथरका निम्ती अतुलनिय योगदान दिएको ठहर गर्दै पत्रकार पाक्साँवालाई गाउपालिकाले सम्मान गरेको हो । गाउपालिकामा मंगलबार एक कार्यक्रमको आयोजना गरि पत्रकार पाक्साँवालाई सम्मान स्वरुप एकथान क्यामेरा सहित दुईलाख बराबरको संचार सामग्री अध्यक्ष सन्तोष तिगेलाले हस्तान्तरण गर्नुभएको छ ।
सम्मानको साथमा संचार सामग्री प्रदान गर्दै पालिका अध्यक्ष तिगेलाले सत्य, निश्पक्ष, विश्वसनिय सुचना तथा समाचार संप्रेषणलाई निरन्तरता दिन पत्रकार पाक्साँवालाई आग्रह गर्नुभएको छ । आफ्नो पृष्ठभुमी समेत पत्रकारिता रहेको स्मरण गर्दै अध्यक्ष तिगेलाले समग्र छथर क्षेत्रको दीर्घ विकास र समृद्धीका निम्ती स्वच्छ पत्रकारिताको आवश्यकता पर्ने बताउनुभयो । वर्तमान अवस्थामा सुचना र संचार विकासको संवाहक भएको बताउदै उहाँले पत्रकारिताको मर्म बुझेर अगाडी बढेमात्र सामाजिक भ्रमलाई चिर्न सकिने उल्लेख गर्नुभयो ।
सम्मान ग्रहण गर्दै पत्रकार पाक्साँवाले गाउपालिकाको हित र समृद्धीको पक्षमा आफु हरदम रहेको जानकारी बताएका छन् । अध्यक्ष तिगेलाको सुझावलाई आत्साथ गर्दै पाक्सावाँले आफुले पत्रकारिता गरेयता धेरै दुःखी र पिडितहरुको उद्धार भएको प्रष्ट पार्नुभयो । एक दशक भन्दा लामो समयदेखी पत्रकारितामा क्रियासिल रहनुभएका पाक्सावा अहिले कारोबार दैनिक, ईमेज टेलिभिजन लगायत बिभिन्न अनलाईन एवंम् संचारगृहमा आवद्ध हुनुहुन्छ ।