मङ्गलबार, १३ चैत, २०८० 

कृषिलाई सस्कृतीको रुपमा मात्र होइन व्यवसाईक रुपमा अघाडी बढाउनु पर्छ

सव्जी बजार कृषी सहकारी सस्थाको पृष्ठभुमी बताईदिनोस न ?
यो सब्जी बजार कृषी सहकारी सस्था लि २०७३ पुस १ गते दार्ता गरी सुरुवात गरिएको संस्था हो ।
सहकारीको नियम अनुसार सुरुमा २५ जान शेयर सदस्य बाट सुरु गरीएको यस संस्थामा हाल १ सय ५० जना शेयर सदस्य संख्या पुगेको छ । ३ लाख शेयर पुजीबाट
कारोबार सुरुगरेको संस्थाको कुल कारोबार हाल ९० लाख पुगेको छ ।

यस संस्थाले के कस्ता कार्यहरु गर्दै आएको छ ?
–नेपाल कृषी प्रधान देशमा परीचित भएता पनी कृषीमा आत्मा निर्भर हुन नसक्नु आफैमा दुखत पक्ष हो । तसर्थ थोरै भएपनी टेवा पुगोस भन्ने हिसाबले यस संस्थाले कृषी पेसामा लागेका युवाहरुलाई सामुहीक जमानीमा विनाधितो न्युनतम कर्जा प्रधान गर्ने व्यवस्था मिलाएकाछौं । साथै विभिन्न समयमा कृषि पेशा र तरकारी खेतीका बारेमा परामर्स प्रदान गर्ने कार्यक्रमहरु गर्दै आएका छांै ।

यस संस्थाबाट कति शेयर सदस्यहरु लाभान्वित रहेका छन् ?
–सबै शेयर सदस्यहरुको हितका लागी काम गर्ने संस्थाको उधेश्य हो । त्यसमा पनी निम्न र मध्यम वर्गिय सेयर सदस्यहरु बढी लाभान्वित भएका छन् । जसमा ३० जना सेयर सदस्यहरुले यसै संस्थाबाट कृषि कर्जा प्रप्त गरी जिविकोपार्जन गर्दै आएका छन् । आर्थिक रुपमा प्रगती गरेका छन् । अन्य सहकारी भन्दा पनी कृषि क्षेत्रको सहकारी भएकोले यस संस्थासँग कारोवार गर्न सहज भएको शेयर सदस्यहरुको प्रतीकृया पाउदा हामीलाई खुसी लागेको छ ।

यस संस्थाको उपलव्धी बारेमा के भन्नुहुन्छ ?
आफ्नो पहुचमा युवाशत्तीलाइ पलायन हुनबाट रोक्ने हाम्रो मुख्य उदेश्य हो । अत्यन्त धेरै सम्भावनाका स्रोत साधनले सम्पन्न भएका हाम्रो देशका युवाहरुलाई केही सम्भावना नदेखेर पलायन भई रहेको अवस्थामा यही केही गर्ने उत्प्रेरणाको स्रोत बन्नुपनी ठुलो कुरा हो । र हामीले हामीसंग जोडीएका युवाहरुलाई स्वदेशमा नै व्यापार व्यवसाय गर्न उत्प्रेरीत गरेका छौ । कृषिलाई सस्कृतीको रुपमा मात्र होइन व्यवसाईक रुपमा अघाडी बढाउनु पर्छ भन्ने मान्यताका साथ लागि परेका छौ । यसमा हामी सफल भएका छौ ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।