बिहिबार, १३ बैशाख, २०८१ 

चर्चित कलाकार अन्जली अधिकारीले रुँदै भनिन्, मलाई यो फिल्डमा ल्याउन बद्रि पंगेनी हो प्रकाश सपुत होइन (भिडियो सहित)

कलाकारहरुको जीवन वाहिर हेर्दा निकै राम्रो देखिन्छ । उनीहरु हाँसीखुसी देखिन्छन् । तर भित्रि कथा भने अर्कै हुन्छ । यस्तै वारम्बार समस्यामा पर्ने कलाकार हुन् अञ्जली अधिकारी । आफ्नो कलाका क्रममा यस्ता वास्तविकता पोख्न नपाएपनि साक्षात्कारहरुमा भने उनीहरुले आफु माथि परेका समस्या सुनाउने गरेका छन् । आफुहरुले भोगेका संघर्षका कथाहरुले उनीहरुको आँखा पनि रसाउँछ ।

पछिल्लो पुस्ताकी निकै चर्चित कलाकार हुन् अञ्जली अधिकारी । उनी लोकसंगीतमा मोडलका रुपमा धेरै चर्चित छन् । सोचे झैं जिन्दगी रैनछ मा निकै राम्रो नृत्य गरेसंगै अञ्जलीको हाइट थप बढ्यो । अञ्जली गायक प्रकाश सपुतका गीतमा धेरै देखिने मोडल हुन् । प्रकाश सपुतले नै अञ्जलीलाई कलाकारीतामा ल्याएको भनिन्छ । तर उनले बद्रि पंगेनीको गीतवाट कलाकारीता सुरु गरेको भएपनि प्रकाश सपुतको बोल माया गीतवाट उनले आफ्नो उचाई बढाएकी हुन् ।

उनले आफुलाई घरमा कलाकारीतामा आउन राम्रो वातावरण नभएको बेलामा पनि प्रकाश सपुत, बद्री पंगेनी लगायतका अग्रजहरुले घरमै गएर अभिभावकको मन जितेका कारण आफु कलाकारीतामा आउन पाएको बताइन् । तर पछिल्लो समय प्रकाश सपुतको गीतमा अञ्जली नआएको देखिएका कारण उनीहरुबीचमा केही खटपट परेको हो की भन्ने आशंका गरिएको छ । उनलाई सामाजिक सञ्जालमा अनफ्रेण्ड पनि गरिएको कुरा सार्वजनिक भएका थिए । यो कुरा उनले अस्वीकार गरिन् ।

अञ्जलीले आफु बारम्बार विवादमा परिरहने कुरा स्वीकार गर्छिन । करोड क्लबमा पुगेको सोचे झै रैनछ जीन्दगीमा केक का ट् न नजाँदा आफु माथि गायीका मधु क्षेत्रीले लगाएको आरोप सम्झिएर उनी रोइन् ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।