शनिबार, ०१ माघ, २०७८ 

भोलिदेखि नयाँ आइपीओ आउदै, कति दिन पाइन्छ आवेदन

भोलिबाट तेह्रथुम पावर कम्पनीले साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित जनताको लागि ४ लाख कित्ता शेयर सार्वजनिक गरेको थियो । यो संख्या कुल पूँजीको १० प्रतिशत हो । सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीको कुलसेयरको २ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन्।

कम्पनीको उक्त आईपिओमा भदौ १३ गतेसम्म र ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिन सकिने छ तर छिटो अवधिमै माग भन्दा बढि आवेदन पर्ने भने प्रमय निश्चित छ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

कम्पनीले निष्कासन गर्न लागेको साधारण सेयर (आइपीओ) लाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

सम्बन्धित समाचार

द भोईस अफ किड्समा ‘नुमा राई’ जिताउन अभियान समिति गठन

द भोईस अफ किड्स नेपालको भोटिङ राउण्डमा पुगेकी माङ्सेबुङ गाउँपालिका ६ की नुमा राईलाई जिताउन ‘नुमा राई जिताउऔँ अभियान समिती’ गठन गरिएको छ । माङ्सेबुङ गाउँपालिकाका अगुवा तथा जनप्रतिनीको सल्लाकार समिती सहित धनजित रुङ्माङ राईको...

फाल्गुनन्द साकोस बिर्तामोड सेवाकेन्द्रका लागि उपसमिति गठन

फाल्गुनन्द साकोस दमकले विर्तामोड सेवा केन्द्रको दोस्रो कार्यकालका लागि सोमबार उपसमिति पूर्नगठन गरेको छ । दमक ६, लिङदेन मार्गमा प्रधान कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको बिर्तामोड सेवाकेन्द्रका लागि बिमला फुयाँलको सह–संयोजकत्वमा उपसमिति...

निरन साम्पाङको निर्देशनमा हामीले देख्ने घाम जुन सार्वजनिक

गीतकार शिरेन बान्तवाको शब्द रचना, पारस मुकारुङको संगीत र राजेश पायल राईको आवाजमा रहेको गीतको म्युजिक भिडियो हामीले देख्ने घामजुन सार्वजनिक भएको हो । लघु चलचित्र लेखन तथा निर्देशन गर्दै आएका निरन साम्पाङले दोस्रो म्यूजिक...

जसपाले आचार्यविरुद्ध मतदान गर्ने

  बिराटनगर, १५ कार्तिक । जनता समाजवादी पार्टी, नेपाल (जसपा) प्रदेश १ प्रदेश सभा संसदीय दलको बैठकले मुख्यमन्त्री भीम आचार्यका विरुद्ध मतदान गर्ने निर्णय गरेको छ । जसपा प्रदेश १ संसदीय दलका नेता जयराम यादवले...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।