शुक्रबार, ०७ बैशाख, २०८१ 

जन्मदिनमा अपाङ्गता भएकालाई सहयोग

बिर्तामोड । इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले झापा गाउँपालिकाका ४१ जना अपाङ्गता भएकाहरुलाई खाद्यन्न तथा स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

बिर्तामोडका व्यवसायी तथा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका मेमबरसीप चेयर जगत शर्मा भूषालको जन्मदिनको अवसर पारेर उक्त सामाग्री वितरण गरिएको हो ।

इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी अध्यक्ष जमुना शर्मा भूषालको अध्यक्षता तथा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अपाङ्गता समावेशी, विकास समितिका अध्यक्ष रामराज गणेशले स्वागत गरेका थिए । कार्यक्रममा झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्तिदेवी बुढाथोकी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेण्ट दिनेशकुमार पोखरेललगायतले शुभकामना मन्तव्य राख्दै शर्माले गरेको कार्यको प्रशंसा गरेका थिए ।

कार्यक्रममा झापा गाउँपालिकाका वडा नं. ३ का अध्यक्ष मोतिलाल गणेश, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका चार्टर प्रेसिडेण्ट सन्तोष अग्रवाल, पास्ट प्रेसिडेण्ट शुभ कुमाई पाठक, प्रेसिडेण्ट नोमिनी सिदार्थ नविन उप्रेती, क्लव एडमिन मनोज अग्रवाल, इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी चार्टर प्रेसिडेण्ट भूमिका पोखरेल, भाइस प्रेसिडेण्ट सम्झाना भण्डारी, आइएसओ जुनु विमली उप्रेती, सेक्रेटरी मोनिका अग्रवाल, रोट्याक क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेण्ट निरज चौधरी, भाइस प्रेसिडेण्ट जितेश अग्रवाल, सेक्रेटरी श्रद्धा प्रसाई, मेम्वर निकिता ओलीलगायतले अपाङ्गता भएकाहरुलाई उक्त सामाग्री वितरण गरेका थिए ।

अपाङ्गता भएका १४ जना महिलालाई खाद्यन्न सामाग्रीसहित सेनेटरी प्याड, सेनिटनइजर, मास्कसमेत प्रदान गरिएको थियो ।
सरकारले जारी गरेको लकडाउनको समयमा खाद्यन्नको अभावमा कष्टकर जीवन गुजारा गर्दै आएका उनीहरुले खाद्यन्न सामाग्री पाउँदा खुसी अनुभव गरेका थिए । जन्मदिनमा नाममा गरिने फजुल खर्चलाई कटौती गरेर शर्माले मानवीय सेवाको काम गरेको बताए । कार्यक्रमको सञ्चालन रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका इमिडेट पास्ट प्रेसिडेण्ट प्रशान्त भण्डारीले गरेका थिए ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।