शुक्रबार, ०७ बैशाख, २०८१ 

अविरल वर्षाका कारण पोखराको महेन्द्रपुलमा जमिन भासिए

अविरल वर्षाका कारण पोखराको महेन्द्रपुलमा जमिन भासिएको छ । अविरल वर्षाले पोखरा महानगरपालिकास्थित महेन्द्रपुलमा आइतबार राति मुल सडकमा भ्वाङ परेको छ ।
अविरल वर्षा भएपछी पानीको बहाब बढेर गई आएको भलपानीले सेलवेज पारिपट्टीको गरिमा विकास बैंक तथा उत्तम भाडा पसल सामुन्नेको पक्की पिच भासिएको हो । पोखरामा बेलुका तीर शुरु भएको भीषण वर्षाले पानीको भललाई बढाइपछी घर नजिकैको सडक भासिएर स्थानीयवासी त्रसित बन्न पुगेका छन् ।
पोखराको उतरी क्षेत्र विन्ध्यबासीनी मन्दिर र नदीपुर हुँदै आएको भलपानी भास्सिएको जमिनमा पसेपछि स्थानीयवासीले खतरा महशुस गरेका हुन् । सडकमा करिव पाँच मिटर लामो र दुई मिटर गहिरो खाडल हुने गरी सडक भास्सिएको छ । जमिन भास्सिने क्रममा बिद्युत र टेलिफोनको पोलसँगै सडकको नाली र सडक पेटीलाई पनि असर परेको छ ।
पोखराको अर्मलास्थित ठुलीबेसीफाँटमा आठ वर्ष अघि एकाएक जमिन भासियो । त्यसअघि पनि पोखरामा बर्सेनि जमिन भासिन्थ्यो । पोखरा शहरको मध्यभागमै जमिन भासिन्थे । तर, साना भ्वाङ पर्ने हुनाले खास चर्चाको विषय हुँदैनथ्यो । अर्मलामा भने निकै ठूला भ्वाङ परेपछी स्थानियबसीको चासोको विसय बनेको छ ।

पोखरा नगर क्षेत्र र आसपासका अधिकांश स्थानका जमिन कमजोर रहेको विभिन्न अध्ययनले देखाएका छन् । सन् १९९८ मा खानी तथा भूगर्भ विभाग र जियो साईन्स ईन्स्टिच्यूट अफ जर्मनीले पोखराको भौगर्भिक अवस्थाको अध्ययनपछि दिएको प्रतिवेदनमा भौगोलिक सतह कमजोर भएको प्रतिवेदन दिएको थियो ।
प्रतिवेदनमा अर्मला, बिन्ध्यवासीनी, नदीपुर, अर्चले, महेन्द्रपुल, मालेपाटन, छोरेपाटन, सिमलचौर, सितापाईला लगायत सेतिनदीको पश्चिमतर्फको भाग कमजोर भएको जनाएको थियो । पोखराको जमिनमुनि कमेरो माटो छ । बर्षामा कमेरो माटो बगेर जाने गर्छ । आकाशको पानीले निकास नपाउनु तथा घरको छतको पानीको उचित व्यवस्थापन नहुनु पनि जमिन भासिनुको कारण भएको विज्ञ बताउँछन् ।
भू–बनावटको ख्यालै नगरी निर्माण गरिएका भौतिक संरचनाका कारण जमिन भासिएको उनीहरुको भनाइ छ । पोखरा छोरेपाटन स्थित गुप्तेश्वर महादेव गुफा माथिका बस्ती झनै खतरानक रहेको छ । डेभिडफल्स नजिकै बाटोमा गाडी गुड्दा समेत जमिन थकिने भएको छ ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।