बिहिबार, १३ बैशाख, २०८१ 

फोनिजको २२ औं स्थापना दिवस सम्पन्न

जिल्ला कार्यसमिति झापाले फोनिजको २२ औं स्थापना दिवस मनाएको छ ।

फोनिजका झापा जिल्ला अध्यक्ष बिशाल नेम्बाङको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा फोनिजका केन्द्रिय सचिव कमन देवान प्रमुख अतिथि र अतिथिहरुमा फोनिजका प्रदेश १ अध्यक्ष अर्जुन जम्लेली राई, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गीरी प्रेस चौतारी झापाका अध्यक्ष टिकाराम उप्रेती, प्रेस युनियन झापाका उपाध्यक्ष गिरीराज भट्टराई लगायतको उपस्थीति रहेको थियो ।

प्रमुख अतिथि कमन देवानले कार्यक्रमलाई सम्बोधन गर्दै भने ‘‘ कोरोना संक्रमणबाट संक्रमित पत्रकारहरुलाई निशुल्क उपचारको व्यवस्था गरिदिन राज्यसँग अनुरोध गर्दछु ।’’ देवानले सम्बोधन गर्दै मुलुक स्वास्थ्य र राजनैतिक रुपमा समस्या ग्रस्त भएको बतादै मुलुक संविधाननत चल्नुपर्छ, संविधानभित्र निर्दिष्ट भएका विधि, आयामहरु र मान्यताहरुबाट बाहिर गएर मुलुक संचालन हुने परिपाटी बस्यो भने मुलुकलाई सही गन्तव्यमा पुर्याउन नसक्ने विचार व्यक्त गरे । पत्रकारिता पेशासँग जोडिएका सम्पूर्ण संचारकर्मीहरुको हकहितको पक्षमा फोनिज सधै लागि रहेको बताए ।

शुभकामना मन्तव्य दिदै पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गीरीले फोनिज झापासँग सहकार्य गर्दै अगाडि बड्न महासंघ सधै तत्पर रहेको बताए । गीरीले भने ‘‘ आदिवासी जनजातिको मुद्धा आदिवासी जनजाति पत्रकारले मात्रै उठाउँने होइन सबै पत्रकार, सबै संचार माध्यमले उठाउँनु पर्छ ।’’

कार्यक्रमका अवसरमा फोनिजका अध्यक्ष बिशाल नेम्बाङले कोभिड महामारीका कारण गत वर्ष वितरण गर्न नसकिएको डिकमान विरही उत्कृष्ट पत्रकारिता पुरस्कार र उदयीमान पत्रकारिता पुरस्कार साथै २०७८ को समेत सँगै घोषणा गरेका थिए ।

अध्यक्ष नेम्बाङले डिकमान विरही उत्कृष्ट पत्रकारिता २०७७ इन्द्रसिङ राजवंशी, २०७८ कमन देवान, उदयीमान पत्रकारिता पुरस्कार २०७७ मिना नेम्बाङ, सुभला तामाङ, २०७८ का लागि डिल्लीश्वर मुसाहाङ (अम्याङ्सा) र लीला राईलाई छनौंट गरिएको घोषणा गरेका थिए । आगामी अधिवेशनमा सो पुरस्कार वितरण गरिने अध्यक्षले बताए । फोनिज झापाले हरेक स्थापना दिवसमा डिकमान विरही उत्कृष्ट पत्रकारिता पुरस्कार एकजना अग्रज पत्रकार र उदयीमान पत्रकारिता पुरस्कार २ जना नयाँ पत्रकारलाई वितरण गर्दै आएको छ ।

पुरा कार्यक्रम यो लिङ्कमा उपलब्ध छः–

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।