मङ्गलबार, ११ बैशाख, २०८१ 

जसपाबाट निष्कासित ठाकुर–महतो समूहमा विभाजनको संकेत

दमक, २३ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट निष्कासनमा परेपछि आधिकारिकता गुमाएको महन्थ ठाकुर र राजेन्द्र महतो समूहभित्रै विभाजनको संकेत देखिन थालेको छ ।

निष्कासित ठाकुर–महतो समूहले जसपाकै ब्यान, झण्डा, चुनाव चिन्ह र छाप दुरुपयोग गर्दै विभिन्न जिल्लाहरुमा कार्यकर्ता झुक्याउँदै हिँडे पनि उनीहरुबीचमै बेमेलता बढेर गएको हो ।

जसपाको आधिकारिकता बारे निर्वाचन आयोगले गठन गरेको इजलासमा साउन ११ गते सम्पन्न हेड काउन्टमा ठाकुर–महतो पक्ष ५१ कार्यकारिणी समिति सदस्यमध्ये १६ मा खुम्चिएसँगै आधिकारिकता गुमाएको थियो ।

दलको आधिकारिकता गुमेसँगै प्रतिगामी ओली सरकारको थमौतीबाट १९ दिने मन्त्री बनेका ठाकुर–महतो समूहका नेताहरुको राजनीति धरमर भएपछि कथित भण्डाफोर अभियान भन्दै जिल्ला दौडाहा सुरु गरे पनि ।कार्यकर्ताले भने उनीहरुलाई छोडेका छन ।

ठाकुर–महतो समूहबीचमै एक पक्षले अर्को पक्षलाई स्वीकार नगर्ने परिपाटी विकास भएको समाचार स्रोतले दावी गरेको छ ।

शनिबार प्रदेश नम्बर १ का झापा र मोरङमा ठाकुर–महतो समूहले अगुवा कार्यकर्ता भेलाका नाउँमा कार्यकर्ता जम्मा गर्ने योजना बनाएको थियो । तर, यो समूहले प्रदेश नम्बर १ कै सबै भन्दा बढी आशा राखेको मोरङ जिल्लामा पनि उल्लेखनीय उपस्थिति जुटाउन सकेन ।

मोरङको बिराटनगरमा आयोजित भेलामा ठाकुर पक्ष र महतो पक्षका बीचमा विवाद उत्पन्न भएपछि अलग अलग भेला गरिए ।

समाचार स्रोतका अनुसार ठाकुर पक्षका मोरङ जिल्ला अध्यक्ष मोहम्मद कादिरको अध्यक्षतामा गरिने भनिएको जिल्ला भेला महतो पक्षले बहिस्कार मात्रै गरेन । महतो पक्षका चन्द्रप्रसाद राजवंशीको अगुवाईमा रामजानकी धर्मशालामा छुट्टै भेला आयोजना गरेको थियो ।

ठाकुर पक्षले भने जलजला रोडस्थित एक स्थानीय पार्टी समर्थकको घरमा भेला गरेको समाचार स्रोतले पुष्टि गरेको छ । ठाकुर पक्षका शेखर सिंह र चन्दा चौधरीसहितको भेला महतो पक्षले बहिस्कार गरेका हुन् । सिंह राष्ट्रिय सभा सदस्य छन् भने चौधरी प्रतिनिधि सभा सदस्य हुन् ।

स्रोतले दिएको जानकारी अनुसार ठाकुर पक्षको भेलामा ३० जना जति सहभागी थिए भने महतो पक्षको भेलामा ४० मानिस जम्मा भएका बताइन्छ ।

झापामा पनि जुटेन सहभागिता

यस्तै ठाकुर–महतो समूहले आयोजना गरेको झापा जिल्लास्तरीय भेलामा पनि ३० भन्दा थोरै मानिस उपस्थित भएको खबर छ ।

कार्यक्रममा जसपाको जिल्ला भेला भनेर झुक्याउन खोजिए पनि पार्टी संस्थापन पक्षका नेता कार्यकर्ता नगएको स्रोतले बताएको छ ।

विर्तामोडस्थित मारवाडी सेवा समितिको हलमा डाकिएको भेलामा महतो निकट केशव झा प्रमुख अतिथि रहेका थिए । तर कार्यक्रमको अध्यक्षता भने ठाकुरनिकट अनुतसिंह राजवंशीले गरेका थिए ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।