जब–जब बन्द वा लकडाउन हुुन्छ । तब–तब मान्छे फुुर्सदिला हुुन्छौँ । मान्छे फुुर्सदिलो हुुनुुभनेको काम नलाग्नुु हो । काम नलाग्नुु भनेको बिग्रनुु हो, प्रयोगमा नआउनुु हो । मेरो हकमा पनि यस्तै–यस्तै भयो । लकडाउनमा केही नयाँ कुुराको सृजना भए होलान् तर अधिकांस पुुराना कुुराहरु मौँलाएर आए जस्तो की सामाजिक संजाल, सेयर बजार, लुुडो, तास इत्यादी ।
लकडाउन भन्दा पहिले आकल झुुकल तास खेल्ने म लकडाउनमा भने राम्रै तरिकाले खेल्न थाले । यो खेल्ने सिलसिला तब मात्र रोकियो जब सरकारले लकडाउन गरेर पसल बन्द गराए वापतको पनि कर उठाउन लकडाउन खोले जस्तो गर्यो । तर जब दोश्रो लकडाउन सुुरु भयो तब म फुुर्सदिलो भएँ फुुर्सदिलो भएपछि समय कटाउन फेरी तास सुुरु गरियो । तर पहिले जस्तो फुुलटाईमर तास नखेल्ने मनस्थिती बनाईसकेको थिएँ । रेला–रेलैमा यो पल्ट सुुरु भयो । फेरी हामीले खेल्ने तास भनेका मुुर्खहरुले खेल्ने फलास सोच्नुुहोला त्यो होईन । दिमाग नहुुनेले खेल्ने पानतासे सोच्नुु भयोहोला त्यो पनि होईन । हामीले चाहीँ साह्रै दिमागको खेल, भलाद्मीहरुले खेल्ने म्यारिज खेलेको हो । म त भन्छुु म्यारिज खेल्नेलाई तासे भन्नुु मिल्दैन भन्ने नै हो भने पनि बौँद्विक स्तरका तासे भन्नुपर्छ ।
बौँद्विक स्तरको तास खेलेपनि प्रहरीको नजरमा चाहीँ त्यही तल्लो तहको तासे हुुनेरहेछौँ । साउन १६ बेलुुका ४ः३० तिर विशेस सुुराकीको आधारमा (सुुराकी थाहा भैईसकेको छ ) ईलाका प्रहरी कार्यालयका डि.एस.पी. सहितको टोलीले हामीलाई पक्राउ गर्यो । जम्मा ७ जना मध्ये तारा खत्री दाईलाई दर्शक हो भनेर उति नै बेला छुुटायौँ । अब बाँकी म आफै, प्रेम कुुमार फियाक, कैलाश सुुब्बा, मोहन ढुुङगाना (मेची पुुत्र) भिम बहादुुर लिम्बुु र द्रोणचार्य कार्की (डोलिन्द्र) थियौँ । उहाँ (तारा खत्री) १० मिनेट अगाडीको खेलाडी भए पनि छापा मारेको समयको चाहीँ दर्शक नै हुुनुुहुुन्थ्यो । कोठामा प्रहरीहरु फिल्मी शैलिमा प्रवेश गरे । जम्मा हामी ७ जना थियौँ तर प्रहरीहरु भने १५÷२० जना आएका थिए । ढोका बाहिर बाटै भिडियो कैद गर्दै भित्र प्रवेस गर्दारहेछन् ।
भिडियो गर्नेले गरिरहे । अरुले खनतलासी गर्न थाले । हामीसँग भएको पैसा त कुुरै नगरौँ अरु केही पनि सरसामान साथमा राख्न पाएनौँ । तर प्रहरीले सार्वजनिक गरेको रकम र हामी सँग भएको रकममा चाहीँ केही अन्तर भयो । हामीलाई सरासर ईलाका प्रहरी कार्यालय दमकमा लगियो । मुुद्धा फाटमा फोटो खिच्ने काम भयो । त्यही फोटो नै हो तपाईहरुले समाचारमा देख्नुु भएको ।
त्यसपछि सामान्य सोधपुुछ भयो । तत्पश्चात हिरासतको गेट खुुल्यो र हामी सरासर भित्र छिर्यौँ । गेट देखी अर्को स्टेप पुुरुष हिरासत लेखिएको ढोका थियो । उक्त ढोका सम्मको दृष्य चाहीँ बाहिर बाट नै देख्न सकिन्थ्यो जुुन मैले पहिले नै देखेको थिएँ । मलाई पुुरुष हिरासत लेखिएको ढोका भित्र कस्तो छ भन्ने कौँतुुहलता पहिले बाट नै थियो त्यसैले सरासर भित्र छिरे । भित्र पस्दै गर्दा ओराडमा छिरे जस्तो महसुुस भयो । पसिना गुुम्सिएको अमिलो गन्ध आयो । करिब २५÷२६जना भित्र थिए मैले एक–एक गर्दै प्रत्येकलाई हेदै गएँ । उक्त कोठाको एकातिर टोईलेट र संगै बाथरुम थियो तर दुुईवटैको ढोका आधा मात्र थियो भित्र उभिदा छाती देखी माथिको भाग बाहिर बाट सजिलै देख्न सकिन्थ्यो । बुुझ्दै जाँदा थाहा भयो कि भित्रै आत्महत्या गर्न सक्छन् भनेर आधा मात्र ढोका लगाईएको रहेछ । कोठामा ५ वटा वाल फेन थिए तर सबै चल्दैन थिए । भुुईमा कार्पेट बिछ्याईएको थियो र त्यो माथि कतै सामान्य फर्म त कतै च्याधार तथा पातलो कम्बल बिछ्याईएको थियो ।
टोईलेट र बाथरुमको ढोकैमा एक–एक वटा ठुला–ठुुला ड्रम थियो पानी थाप्नको लागी रहेछ । नजिकै बोतलभरी पानी भरेर राखिएको थियो । पैसा हुुनेले बाहिर बाट मिनिरल वाटर किनेर पिउदा रहेछन् पैसा नहुुनेले त्यही मोटरबाट तानेको पानी पिउदा रहेछन् । पिउने पानीको समस्या पनि उत्तिकै छ ।
सबै–सबै हेरेपछि म थचक्क बसेँ । को–को के–के केसमा आएका होलान् भन्ने कौँतुुहल्ता जाग्यो । एक जना भाई जो हिरोइनको कारोबार गर्दारहेछन् । हुुन त त्यस्तो केसमा पक्राउ पर्ने ति भाई मात्र होईनन् । लागुुऔँषध कारोबारमा सबैभन्दा धेरै हिरासत पुुग्दा रहेछन् । श्रीमान्को हत्यारा थिए श्रीमतीको हत्यारा पनि थिए । जाँड खाएर साथि साथि, छिमेकी झगडा परेर आउने पनि रहेछन् । नक्कली नोटको कारोबारमा परेका पनि थिए । अभद्र व्यावहार र बलात्कार केसका पनि भेटिए तर एक जना भाईको बलात्कार केस चाहीँ गज्जबको रहेछ ।
आफ्नै घरमा भाडा बस्नेसंग सहमतिमा नै शारिरिक संसर्ग भएछ त्यो पनि घरमा होईन होटलमा । भाईले भन्दै थियो “बियर खाउ भनेर प्रस्ताव गर्ने पनि उनि नै हुुन् । सहमतिमा काम भयो । सहमतिमा खाईयो, पिईयो अनि घर आएर आ आफ्नो कोठामा सुुतियो । तर रातको २ बजे प्रहरी मलाई पक्राउ गर्न आयो । मलाई हिरासत आएर मात्र थाहा भयो त्यही केटीले बलात्कार केसमा उजुुुरी दिएछिन् । अहिले २० लाख माग्दैछिन् । ” मलाई यस्तो हुुन्छ रे भन्ने थाहा भए पनि यो प्रत्यक्ष देख्दा अचम्म लाग्यो ।
दमकको चिया दोकानमा दम्पतीको ज्यान लिने ट्रकका चालक पनि त्यही भेटिए । भन्दै थिए “मैले ६०० बोरा सिमेन्ट बोकेको थिए, ३०÷४० भन्दा स्पिड थिएन । रातीको समय उसले एउटा सानो गाडीलाई उछिनेर अगाडी आउदा मेरो गाडी देखेन र मेरो गाडीमा छिर्यो । कोहि थिएनन् म सरासर जान पनि सक्थे तर त्यसो गरिन । ”
हिरासत राख्ने भएपछी मेडीकल गर्नुपर्ने रहेछ । हामीलाई मेडीकल गर्नु भनेर आम्दा लगियो । त्यतिबेला हातमा पहिलो पल्ट हत्कडी लाग्यो । मलाई यो पनि फिल्म जस्तो लाग्यो । मेडिकल पछि पुुनः हिरासत भित्र पस्यौँ । अलिकपछि खाना आयो । खाना राम्रै थियो । मासुु खान चाहानेले भने बेग्लै अर्डर गर्नुुपर्ने रहेछ । थाल आफैले धोएर राख्नुुपथ्र्यो । समय बिताउनका लागी एउटा टि भि थियो । अनि लुुडो र चेस खेल्न छुुट थियो । सुुत्नेबेला भएछ , सबैजना सुुंगुरको पाठा जस्तै लस्करै सुुत्न तिर लाग्यौँ ।
आखिर जो जेसुुकै केसमा परे पनि हामी एउटै दर्जाका कैदी थियौँ । कैदीहरुको पनि कमाण्डर हुुदोरहेछ । जसले त्यहाँ रेखदेख गर्दोरहेछ । कैदीहरु बिच पनि पालैपालो ड्यूूटीमा खटाईदो रहेछ । कसैले आत्महत्या, झगडा जस्ता घट्ना नघटोस भनेर हेरचाह गर्नलाई ड्यूूटीमा खटाईएको रहेछ । सुुरुमा कोठामा कैदीको चाप कम भएपनि जति रात पर्दै गयो उति कैदीहरु थपिदै गए । सुुत्नलाई भुुर्ईमा नै ढलेपनि सिरानीका लागी पानिको बोतल सम्म लगाउनुु पर्यो । रात कटाउन चाहीँ गाह्रै हुुने सबै सुुतेपछि गफ गर्ने साथी नहुुने ।
दिउसो चाँही को सँग बोल्नुु को सँग नबोल्नुु ? गफ गर्नुु समय थोरै भए जस्तो लाग्ने । हिरासत भित्र आउने र छुुटेर बाहिर निस्कने पनि उत्तिकै हुन्थे । तर भित्र आउने नै धेरै हुुन्थे । तर सत्य यो पनि हो कि हिरासत भित्र ५०% चाँही बिना कसुुर फसाईएकाहरु छन् । चुुरोट, खैनि , भोला जस्ता कुुराहरु भित्र प्रतिबन्ध रहेछ र पनि थोरबहुुत सेवन गरेको देखिन्थ्यो । बाहिर बाट पानि सम्म मगाउन सकिन्थ्यो तर जुुस तथा चिसो पेय पदार्थ मनाहि थियो । अझ म त कफि र मोबाईल बिना बस्नै नसक्ने मान्छे तर त्यहाँको माहोलले यो सब भुुलाईदियो ।
दुुई दिन दुुई रात बसे पनि दुुबै दिन दिउसो भने हामीलाई चन्द्रगडी लगियो । पहिलो दिन म्याद थपको काम भयो र दोश्रो दिन धरौँटीमा रिहा भर्याैँ । नेपालको हरेक क्षेत्रमा साम, दाम चल्छ सबैलाई थाहा छ । यो सिलसिलामा केही गुुमाउनुु परे पनि मलाई पछुुतो भने लागेकै छैन ।
एउटा बेग्लै संसार देख्न पाएँ, यस्तो लाग्यो कि मान्छे भएर एक पटक चाँही छिर्नै पर्ने ढोका रहेछ हिरासतको । त्यसैले पनि होला जोसुुकै छिर्न नमिल्ने, नपाउने । यत्ति भन्दा–भन्दै पनि भित्रका आवश्यकताहरु धेरै छन् हामीले एयर कन्डिसनर सहयोग गर्न चाहेका थियौँ तर नमिल्ने रहेछ । भित्र क्षेत्रफल साह्रै सांघुुरो, शुुद्ध पिउने पानिको अभाव, खाना खाने थाल, बटुुका, ओड्ने ओछ्याउने, बस्नलाई कुुर्सि जस्ता सामग्रीहरुको एकदमै आवश्यक छ ।
हामी बाहिर रमेकाहरुले बाहिरको समस्या मात्र देख्छौँ यतै मात्र सहयोग गछा्र्रै तर अब यो विषयमा पनि गम्भिर भएर सोच्ने कि ? जोसुुकै जुुनसुुकै केसमा कैदीको परिचय बोकेर हिरात छिरेपनि त्यो चन्दा पहिले उ मानव हो भन्ने कुुरा हामीले बिर्सनुु हुुदैन । आउनुुहोस् मिलेर सकेको सहयोग गरौँ ।