शुक्रबार, १४ बैशाख, २०८१ 

संघीय मञ्चद्वारा ग्याल्जेन दोर्जे तामाङ् लगायत सबैलाई विना सर्त रिहाईको माग गर्दै विज्ञप्ति सार्वजनिक

दमक। कलाकार ग्याल्जेन दोर्जे तामाङ्ले आफ्नो गीतमा सबैका सबै जाती वर्ग र समदायलाई समेट्न नसकेको राष्ट्रिय झण्डाले समेट्न नसकेको प्रतिकात्मक विरोध स्वरुप झण्डा जलाईएको देखाईको भिडियोको आधारमा कलाकार तामाङ् लगायत पक्राउ भएका सबै कलाकारहरुलाई विना सर्त रिहाईको माग गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकद्वारा हस्ताक्षरित एक विज्ञप्ति प्रकाशित गरेको छ ।

नेपालको सबै सभ्यता, भाषा, धर्म, विचार, संस्कृतिलाई समेट्न नसकेको सो झण्डा परिवर्तन गर्न वृहत छलफल, सहमति र सह–अस्तित्व कायम गरि निर्माण गरिनु पर्ने विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनमा सिंगो नेपालको नक्सालाई केक बनाई टुक्राटुक्रा पारेर खाँदा लाखौं जनताले विरोध गरेपछि प्रधानमन्त्रीलाई राज्यद्रोहको मुद्दा लगाउन सर्वोच्च अदालत जादा अदालले मुद्दा दर्ता गर्न नमानेको नजिर ज्यूदो रहेको हुँदा कलाकार ग्याल्जेन माथि कारवाही गरिनु सरासर अन्यापूर्ण हुने मञ्चको ठहर रहेको विज्ञप्तिमा उल्लेख छ ।
कलाकार ग्याल्जेनले आफ्नो म्यूजिक भिडियोमा झण्डा जलाएको भर्चुएल दृश्य राखेको देखिन्छ, प्रधानमन्त्री जस्तो कुर्सीमा बसेकै बेला नेपालको नक्शा आकारको जन्मदिनको केक काट्दाको उन्मुक्ति पाएको दृश्य देखेपछि एक युवा कलाकारले पनि यतिको दृश्य राख्दा ठिकै होला भन्ने निर्दोष मस्तिष्कले उक्त म्यूजिक भिडियो निर्माण गरेको देखिन्छ । उक्त भिडियोमा देश नै तहसनहस हने खाल्को कुनै दृश्य नदेखिएको हुँदा हालको देशमा कोरोना महामारीको बेला प्रहरी कष्टडीमा कोचेर राख्नु न्यायसंगत देखिदैन त्यसैले मञ्च तत्काल रिहाई गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

मञ्चले प्रथम संबिधान सभालाई २०६७ सालमा पेश गरेको मंचको नमुना संबिधानमा रास्ट्रिय झण्डा र राष्ट्रिय जनवारको बारेमा– ‘जनताको बलिदानबाट प्राप्त संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, लोकतन्त्रलाई आत्मासात गर्दै सम्पूर्ण नेपाली जनताको भावना समेटने गरि नयाँ झण्डा निर्माण र धर्मनिरपेक्षताको सिद्दान्तसंग नबाझिने गरि रास्ट्रिय जनवार तोकिनु पर्छ वा पर्दैन ‘सर्बपक्षिय गोलमेच सम्मेलन’ को माग सहित नेपालको सम्पूर्ण आदिबासी, दलित/शिल्पी, मधेशी, मुश्लिम, थारु, खस समुदायको सहभागितामा संयुक्त पहिचान क्रान्ति सम्पन्न गर्ने र उक्त गोलमेच सम्मेलनले नयाँ नेपालको राष्ट्रिय झण्डा, जनवार घोषणा गर्न र १०+१ प्रान्त, बिशेष स्वायत्त क्षेत्रहरु निर्धारण गर्ने क्रान्तिको कार्यदिशामा संघीय लोकतान्त्रिक रास्ट्रिय मञ्च हिजो देखिनै स्पस्ट, प्रतिबद्द र क्रियाशील रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले नागरिक अनलाईनसँग अन्तरवार्तामा राष्ट्रिय झण्डा, राष्ट्रिय जनावर र माननीय संघीय संसद रेशम चौधरीको सन्दर्भमा दिनु भएको अन्तरवार्ता (तलको भिडियोमा हेर्न सक्नु हुनेछ )

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।