सोमबार, १२ चैत, २०८० 

गर्मीमा सौन्दर्य कायम राख्ने घरेलु उपाय

मानवीय जीवनमा सौन्दर्य अपरिहार्य बन्दै गईरहेको छ । अरुको सामु सुन्दर देखिने सबैको इच्छा हुन्छ । सुन्दरता देखासिखीको लागि मात्र होइन सफल जीवनका लागि पनि अति नै आवश्यक हुने गर्दछ । आकर्षक व्यत्तित्वले आत्मविश्वास जगाउँछ । त्यसकारण आफ्नो सौन्दर्यको ख्याल राख्नु बुद्धीमानी हुन्छ । आज यस लेख मार्फत सुन्दर हुने केही उपायहरु प्रस्तुत गर्नेछु ताकि तपाईको जीवन पनि आत्मविश्वासका साथ अगाडी बढ्न सकोस् ।

फेसियल स्क्रबः

फेसियल स्क्रबले छालामा जमेको मृत कोषिका फालेर छालालाई सफा एवं निखारयुक्त देखाउँछ । फेसियल स्क्रब गर्नाले प्राकृतिक तैलीय ग्रन्थि निस्कने र छालामा चमक आउँने गर्दछ ।

के गर्ने ?

आवश्यकता भन्दा धेरै स्क्रब गरेमा छाला बिग्रिने सम्भावना हुन्छ । यस्तो अवस्थामा सबैभन्दा पहिले केही समयका लागि स्क्रब बन्द गरी छालाको काटिएको–फाटिएको कोषिका पहिलेकै अवस्थामा आउन र प्राकृतिक तैलीय ग्रन्थिलाई पुनः सक्रिय हुन दिनुपर्छ । यस अवधिमा सुगन्ध रहित क्लिन्जिङ मिल्क र मोइस्चराइजर प्रयोग गर्नुपर्छ । रेटिनाइड र अल्फा हाइड्रोक्सी एसिड जस्ता तत्व भएकोे ब्युटि प्रोडक्टको चयन गर्नुपर्छ जसले छालाको मृत कोषिका निकाल्ने तथा छालालाई पुनर्जीवित गर्न सहयोग पुर्याउँछ ।

कस्तो स्क्रब प्रयोग गर्ने ?

अनुहारका लागि मसिना थोप्ला भएको स्क्रब लगाउँने । बडी स्क्रबिङका लागि ठूला थोप्ला भएका स्क्रब प्रयोग गर्न सकिन्छ । बडीका लागि एप्रिकट र वालनट स्क्रब १० दिनको अन्तरालमा प्रयोग गर्नु उपयोगी हुन्छ । त्यसो त होममेड स्क्रबभन्दा राम्रो अरू स्क्रब हुँदैन । यसलाई हरेक तेस्रो दिनमा प्रयोग गर्न सकिन्छ । छालाको प्रकारलाई ध्यानमा राख्नुपर्छ । छाला तैलीय छ भने जौको पिठोमा मुल्तानी माटो, पुदिनाको रस र कागतीको रस मिसाएर लगाउनुपर्छ । घामबाट प्रभावित वा सुख्खा छालाका लागि जौको पिठोमा दही मिसाएर लगाउनुपर्छ । यसमा महको केही थोपा पनि मिसाउन सकिन्छ ।

फुट स्क्रब
प्युमिक स्टोन गोली गाँठोबाट मृत कोष निकाल्न सहयोगी हुने गर्छ । आवश्यक भन्दा बढी गाढेर स्क्रेपर रगड्नाले संक्रमण हुने सम्भावना रहन्छ । यो स्थानको छाला पनि धेरै संवेदनशील हुने गर्छ । यस्तो स्थितिमा छाला कोरिने, बारम्बार फुट्ने र ब्लिस्टर जस्ता समस्या देखा पर्न सक्छन् ।

के गर्ने ?

गोडा नराम्रोसँग फुट्ने र रगत समेत देखा पर्ने समस्या छ भने एन्टिसेप्टीक क्रिम लगाउनुपर्छ । यसो गर्दा इन्फेक्सनको डर रहँदैन । समस्या राम्रोसँग ठीक नहुन्जेल पेडिक्योर गर्नु हुँदैन, तातो वाक्स पनि हाल्न ुहुँदैन ।

ध्यान दिनुपर्ने कुरा

प्युमिक स्टोन प्रयोग गरपश्चात सुख्खा राख्ने । चिसो छोडेमा ब्याक्टेरिया फैलने प्रबल सम्भावना रहन्छ । स्टेनलेस स्टील स्क्रेपर सफा गर्न सहज हुने भएकाले प्युमिक स्टोनको तुलनामा बढी प्रभावकारी हुन्छ । हप्तामा एक पटक गोलीगाँठो माथिको छालालाई पानीले भिजाएर डेड सेल सहजै निकाल्न सकिन्छ । त्यसपछि खुट्टालाई सुकाएर फुट क्रिम लगाउनुपर्छ । अल्फा हाइड्रोक्सी एसिडयुक्त फुटक्रिम बढी लाभदायक हुन्छ । यसको प्रयोगले छालामा मृत कोष जम्न कम हुन्छ ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।