बिहिबार, ०६ बैशाख, २०८१ 

मिलन मार्गको निमार्ण कार्य सकियो

दमक,असार १३। दमक ८ स्थित गणतन्त्र चोक दक्षिणको मिलन मार्गको पक्की ढल सहित सडक कालो पत्रे निमार्ण कार्य सकिएको छ ।
वाड नं ८को मिलन मार्ग देखि दक्षिण कास्मिक पार्टी प्यासेस सम्म ,पश्चिममा विकास मार्ग र पूर्वमा नारायण पराजुलीको घर छेउको सिमाना सम्म वाटो कालो पत्रे गर्ने काम सकिएको हो । निर्माण ब्यवसायी पूर्वाञ्चल कन्ट्रक्सन भद्रपुरले केही दिन अघि सडक कालोपत्रेको काम सकेको जनाएको छ ।

संघीय सरकारको शहरी विकास कार्यालयको बजेटबाट कुल ५सय मिटर लम्बाइको सडक कालो पत्रे गरेको पूर्वाञ्चल कन्ट्रक्सनका इन्जिीनियर प्रकाश कुमार सिंहले बताउनु भयो । मिलन मार्गको सडक भ्याट वाहेक २६ लाख ३७ हजार ९ सय ८९ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको इन्जिीनियर सिंहले बताउनु भयो । यो सडकको आयु ४ देखि ६ वर्ष हुने निर्माण ब्यवसायीहरु बताउँछन् । प्रत्येक ३ वर्षमा यस सडकको अवधिक मर्मत सम्भार गरिएमा अझ सडकको कालो पत्रेको आयु बढ्ने निर्माण ब्यवसायी बल बहादुर लिम्वूले बताउनु भयो । यसको लागि टोलबासी उपभोक्ता सजक र सचेत हुनु पर्ने लिम्वूको भनाई छ ।

बजेटको ब्यवस्था मिलाइ दिनु हुने प्रधानमन्त्री केपी ओलीको सचिवालय सदस्य होम बहादुर थापा, निर्माण कार्यमा अहोरात्र खट्ने शहरी बिकासका इन्जीनियर,प्राविधिक टोली, निर्माण उपभोक्ता समितिका पदाधिकारी टोल विकास संस्था लगायतको सहयोगमा सडक कालो पत्रे भएको मिलनमार्ग निर्माण उपभोक्ता समिति दमक ८ का अध्यक्ष हरि प्रसाद चापागाईले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।