
बैशाख २१ गते । ईलाम माइ–जोगमाई गाऊपालिका ५, सोयाङ की ५४ बर्षीय ख्याम कुमारी लिम्बुको लडेर मृत्यु भएको छ । सोमबार बेलुका ८ बजे छिमेकीको घर जाने क्रममा बाटोमा चिप्लिएर अन्दाजी २० मिटर तल झरी टाउकोमा चोट लागेर गम्भिर घाइते भएकी लिम्बुको उपचार गर्न जिल्ला अस्पताल इलाम पुर्याउन साथ राती सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
त्यस्तै झापा शिवसताक्षी नगरपालिका ८, डुडामारीका २८ बर्षीय जिवन थाम्सुहाङ पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । सोमबार बेलुका साढे ५ बजे शिवसताक्षी नगरपालिका १० स्थित माईखोलामा उनी साथीहरूसँग पौडी खेल्ने क्रममा माईखोलाको बाधबाट बगी बेपत्ता भएका थिए । थाम्सुहाङ बेपत्ता भएको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय झिलझिले र अस्थाई प्रहरी पोष्ट माईधारबाट प्रहरी टोली खटी गई खोजतलास गर्दा बेलुका साढे ७ बजे बगेको ठाँउबाट अन्दाजी ५सय मिटर दक्षिण मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको सो कार्यालयले जनाएको छ ।