दमक, २० बैशाख । जिल्ला प्रशासन कार्यालय झापाले आइतबार राति १२ बजे देखि निषेधाज्ञा जारी गरिएको छ ।
नयाँ भेरियन्टको कोभिड १९ को प्रकोप तिब्र रुपमा फैलिन थालेपछि बैशाख १९ गते देखि २६ गते राति १२ बजेसम्म सात दिनका लागि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले विज्ञप्ती जारी गदै निषेधाज्ञा आदेश गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, कुनै पनि भेला, जुलुस, सभा सम्मेल, छलफल तथा गोष्ठि नगर्ने, हाट बजार, मेला जात्रा, महोत्सव जस्ता भेला हुने कार्यक्रम नगर्ने तथा विद्यालय, पुस्तकालय, समुहमा हुने खेल कार्यक्रम गर्न नपाइने लगायत छन् । विवाह र ब्रतबन्धका लागि भने आवश्यक प्रशासनिक अनुमती लिएर २५ जनासम्म सहभागि हुन पाइने जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार बैशाख २६ गतेसम्म आंशिक रुपमा निषेधाज्ञा लागू हुनेछ ।
जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको विज्ञप्तीः