शनिबार, ०१ बैशाख, २०८१ 

सेनिटाईजर छर्कन अग्रसर भए दमकबासी

दमकका विभिन्न सार्वजनिक स्थानहरुमा सेनिटाईजर छर्कने क्रम जारी रहेको छ ।

समाजसेवी एवं फर्निचर व्यवसायी सुरेन्द्र कुमार श्रेष्ठको पहलमा र सानो प्रयास युवा समाजको अग्रसरतामा दमक कोभिड अस्पताल बेलडाँगी , नमुना बजार दमक लगायत विभिन्न सार्वजनिक स्थलहरुमा सेनिटाईजर छर्कने कार्य भईरहेको छ ।

आज सेनिटाईजर छर्कने क्रममा भेटिएका फर्निचर व्यवसायी श्रेष्ठले यस अघि दमक प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालय र दमक अस्पताल सेनिटाईजर छर्की सकेको र भोली आम्दा अस्पतालमा छर्कने जानकारी दिए ।

यस कार्यमा सहभागीता जनाउन उपस्थीत भएका दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले यस पटकको कोभिड पहिलेको तुलनामा अझ खतरापूर्ण रहेकोले सबैले अनुशासित तवरले सुरक्षा विधि अपनाउँन अनुरोध गर्दै कुनै सदस्य अथवा सर्वसाधरणलाई कोभिड संक्रमण भएमा र आर्थिक अवस्था नाजुक भएर उपचार गर्न असमर्थ रहेमा दमक उद्योग बाणिज्य संघ संक्दो सहयोग गर्न तत्पर रहेको जानकारी दिए ।

सानो प्रयास युवा समाजका अध्यक्ष सुरज श्रेष्ठले समाजमा आएका समस्या समाधान गर्न र आपत्कालिन अवस्थामा सहयोग पु¥याउँने उदेश्यले यो समाज स्थापना भएको जानकारी दिएका थिए । त्यसैक्रममा कोभिड १९ को नियन्त्रणमा सहयोग पुर्याउँन सेनिटाईजन छर्कने कार्यमा अग्रसर भएको जानकारी दिए ।

केही तस्वीरहरु

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।