आइतबार, ११ चैत, २०८० 

फाल्गुनन्द शाकोसको ५ औ बालउत्प्रेरणा कार्यक्रम

दमक,२९ चैत । दमक –६ मा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले ५ औ बाल उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानीय कस्मिक पार्टी प्यालेसमा शनिवार एक कार्यक्रम गरि अघिल्ला बर्षझै यसवर्ष पनि भव्य रुपले बाल उत्प्रेरणा कार्यक्रम गरिएको सचिव दिलिप जवेगुले वताए ।

फाल्गुनन्द शाकोसले सधैका बर्षहरु झै यसवर्ष पनि बाल बचतकर्ता बालबालिकाहरुको सहभागितामा बाल उत्प्रेरणा सम्बन्धी विभिन्न कार्यक्रमहरु गरिएको उनले वताए ।
संस्थाका संस्थापक अध्यक्ष मेहेरमान लिङदेनको उपस्थितिमा भएको सो कार्यक्रममा बालबालिकाहरुवीच प्रतियोगितात्मक नृत्यतर्फ प्रथम समिक्षा भण्डारी ,दोस्रो मन्दिरा तामाङ र तेस्रो स्वीकृति कोईराला भइन् । त्यस्तै संस्थामा बर्षभरि उत्कृष्ठ कारोवार गर्ने दुई जना शेयर सदस्यसहित कक्षा १२ उत्तीण गर्ने छात्रातर्फ चिनो लिङ्देन, छात्रा सास्वत राई जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा बिरबहादुर लाओति ,सानुमाया लाओती, टेकनाथ अधिकारी र बिना सुब्बाले स्वागत गीत प्रस्तुत गरेका थिए । बिभिन्न मनोरन्जनात्मक खेलतर्फ तातो आलु खेलमा एलिस राई प्रथम, सक्षम भण्डारी दोश्रो, बेलुन फुलाउने खेलमा प्रथम चेसुङ लिङ्देन
दोस्रो खुशी थेबे , बेलुन फुटाउने खेलमा प्रथम रिन्जिन तामाङ ,दोस्रो सुपृम राई ,रुमाल टिप्ने खेलमा प्रथम ओसामी आङदेम्बे ,दोस्रो सिकुम लिम्बु पुरस्कृत भईन् ।
कार्यक्रममा सहभागि बालबचतकर्ताहरुलाई खुत्रुक्रे प्रदान गरि सम्मान गरिएको थियो ।संस्थाका अध्यक्ष संकल्प लिङदेन ( पदम ) को अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटनमा संस्थाका उपाध्यक्ष महेन्द्र चाम्लिङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी लेखा प्रमुख प्रतिमा राई, आइतरानी सुनुवार र उषा लम्सालले गरेकी थिइन् ।
बालउत्प्रेरणा कार्यक्रममा संस्थाका सञ्चालक ,शेयर सदस्य,कर्मचारीहरु गरि आठ सय जनाको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।