शुक्रबार, ०७ बैशाख, २०८१ 

‘मुक्कुमलुङ’लाई पाथीभरा नामाकरण नगर्न जसपाको आग्रह

जनता समाजवादी पार्टी नेपालले लिम्बु सभ्यतामा आधारित रहेको मुक्कुमलुङलाई पाथीभरा नामाकरण नगर्न आग्रह गर्दै गत बुधवार विज्ञप्ती जारी गरेको छ ।
प्रदेश नं १ ताप्लेजुङ जिल्ला, फुङ्लिङ नगरपालिका वडा नं १० र ११ फक्तालुङ गाउँपालिका वडा नं ३ र ५ एवं सिरिजङगा गाउपालिकाको वडा नं ३ केन्द्रविन्दुमा रहेको मुक्कुमलुङलाई पाथीभरा नामाकरण नगर्न आग्रह गर्दै जसपा प्रदेश १ कमिटिले विज्ञप्ती जारी गरेको हो ।

विज्ञप्तीमा २०५३ सालमा गठन गरिएको पाथीभरा विकास समितिले मुक्कुकलुङको दोहन गरी प्राकृतिक सम्पदामाथि ब्रम्हलुट मच्चाईरहेको आरोप लगाउँदै, यसरी लिम्बू समुदायको मुन्धुमी आस्था र श्रद्धाको केन्द्र मानिएको मुक्कुमलुङलाई नामेट पार्ने षड्यन्त्रको भण्डाफोर गर्ने चेतावनी दिएको छ ।

लिम्बु जाति प्राचिन जाति भएको र लिम्बु समुदायको धर्म, संस्कार, सँस्कृती, राजनैतिक ऐतिहासिकता, लिम्बू भूमि शाशन र विरासत आधुनिक नेपाल निर्माण हुनु भन्दा अघिदेखि भएकोले लिक्बूवान भूमि र लिम्बू समुदाय सँग जोडिएका हरेक पक्षहरुलाई उचित संरक्षण गर्नु राज्यको जिम्मेवारी रहेको विज्ञप्तीमा उल्लेख छ ।

१६ औं लोकतन्त्र दिवसको अवसरमा २०७८ बैशाख ११ मा प्रधानमन्त्री केपी शर्मा ओलीले केबुलकार परियोजनाको शिलान्यास गर्ने कार्यक्रमलाई लक्षित गर्दै राष्ट्रको प्राकृतिक सम्पदा र लिम्बु समुदाय प्रतिको अपमानजनक यो प्रहार स्वयम प्रधानमन्त्री ओलीलाई समेत महङ्गो पर्ने चेतावनी दिएको छ ।
जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्ष प्रविण चाम्लिङ हस्ताक्षरित विज्ञप्ती मार्फत पाथीभरा विकास समिति गठन आदेश २०५३, सो आदेशमार्फत पाथीभरा बिकास समिति समेत तत्काल खारेज गरी लिम्बू समुदायका मुन्धुमविद्, याक्थुङ सँस्कृती विज्ञहरु सरोकारवालाहरुको सहभागिता र नेतृत्वमा मुक्कुमलुङ संरक्षण तथा विकास समिति गठन गरी मौलिकताको जगेर्ना गर्ने विकासका कार्यहरु अघि बढाउँन नेपाल सरकार, प्रदेश १ सरकार र स्थानिय तहहरु समक्ष माग राख्दै, मुक्कुमलुङ विरोधी जुनसुकै हर्कतको डटेर प्रतिवाद गर्ने जनाएको छ ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।